प्रधानमन्त्रीको स्पष्टीकरणपछि सदन चल्यो, ‘मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्दिनँ’
रासंसा/काठमाण्डौ, आषाढ २६,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिलाई दिएर स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताए। उनले भने, ‘प्रतिपक्षले राजीनामा माग गर्दैमा दिइहाल्नुपर्ने अवस्था होइन।’ तर उनले आफूले बोलेको कुरालाई लिएर आत्मालोचना भने गरे। प्रधानमन्त्री दाहालले सरकारको प्रतिपक्षदलले यसरी स्पष्टिकरणको मौका नदिई राजीनामा माग गर्ने संस्कार बसाल्न खोजको हो भन्ने प्रश्न गर्दै चेतावनीको भाषामा भने, ‘यो प्रतिवाद होइन, ‘काउन्टर एट्याक’को निम्ति पनि बोलिरहेको छैन, म स्पष्टीकरणकै निम्ति उभिएको छु।’ मैले यो सदनलाई भन्नुपर्छ, प्रितम सिंह कुनै शक्ति केन्द्र होइन, उनीसँग प्रधानमन्त्री बनाउने र हटाउने कुनै सामाथ्र्य पनि छैन, मेरो नेता वा प्रधानमन्त्रीको सम्बन्ध पनि होइन, छोरी ज्ञानुलाई सहयोग गरेकोमा कृतज्ञता मात्र हो। ‘मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नु पर्दथ्यो त्यसरी नभएको मैले ‘रिअलाइज’गर्दै भविष्यमा तपाईंले गराउनु भएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वाससहित बिदा हुन्छु धन्यवाद,’उनले आफ्नो भनाइ सकेका थिए। प्रतिपक्ष दल एमाले स्पष्टीकरणको मौकासमेत नदिएकोप्रति आफ्नो गम्भीर चित्त दुखाइ रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘यही हो संसदीय अभ्यास ? यही हो लोकन्त्रान्तिक अभ्यास ?,’ प्रतिपक्षले राजीनामा माग गर्दैमा दिनुपर्ने हो ?’ ‘मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नु पर्दथ्यो त्यसरी नभएको मैले ‘रिअलाइज’ गर्दै भविष्यमा तपाईंले गराउनु भएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वाससहित बिदा हुन्छु धन्यवाद,’ उनले आफ्नो भनाइ सकेका थिए। ‘मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ? मेरा बेला बेलाका बोली अदालतसम्म पुगे, हृदय छामेर भन्ने हो भने, षडयन्त्र गरेर भनेको हो त ५ हजार, १७ हजार,’उनले भने, ‘त्यसलाई हेक्का राख्नु पर्छ कि पर्दैन, प्रधानमन्त्रीले भने, कुनै न कुनै कमजोरी नभएको त कोही छैन होला। प्रितम सिंहले भनेर कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने सामाथ्र्य नभएको र हिँजो अस्ति प्रितम सिंहले पनि मेरो के हैसियत भनेका छन्।’ प्रितम सिंहलाई सदारूपताका लागि धन्यवाद दिएको मात्र त हो त्यो कुरा, तर यति बोल्दैमा राष्ट्रिय स्वाधीनता र नाकाबन्दीको कुरामा आफूले खेलेको भूमिका सकियो त भन्ने उनको प्रश्न थियो। ‘सार्वजनिक अभिव्यक्तिमा प्रायः मनले बोल्छु, राजनीतिक व्यक्ति दिमागले बोल्नुपर्ने हो,’ उनले भने। बोल्दा कहिले मन अगाडि हुन्छ, कहिले दिमाग अगाडि हुन्छ। ‘दिमाग अगाडि भएका बेला विज्ञान हावी हुन्छ, मन अगाडि भएको बेला आवेग-भाव अगाडि हुन्छ। मलाई सैद्धान्तिक ज्ञान नभएको भने होइन।’ प्रधानमन्त्री दाहालले गत असार १८ गते सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन गर्दै सरदार प्रितम सिंह यातायात, सामाजिक सेवा, शिक्षा क्षेत्रमामात्र नभई राजनीतिमा पनि रुचि देखाउने व्यक्ति भएको मात्र बताएनन् एक पटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको, धेरै पटक दिल्ली गएको, काठमाडौंका धेरै पार्टीका नेताहरूसँग छलफल गरेको बताएका थिए। त्यसको दुई दिनपछि असार २० गते प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री दाहालले राजिनामा नदिएसम्म बैठक संचालन नहुने भन्दै दुवै सदन अवरुद्ध गरेको थियो। प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै राप्रपाका अध्यक्ष रहेका राजेन्द्र लिङ्देनले नैतिकता छ भने राजीनामा दिनुपर्ने बताएका थिए। उनको भनाइको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘नैतिकताको कुरा भन्नुभयो ठीक छ, नैतिकताका आधारमा कसले कति गर्नुभयो विगतमा हेर्दा हुन्छ, दुईदुईपटक राजीनामा दिँदा पढ्नुभएको छ, के आधारमा दिएँ, त्यसको विवेचना गरौं।’ आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली २०६८-०६९ तिर लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको स्मरण उनले गराएका थिए। ‘उनले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन।’ हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले सुनाए। कसले राजीनामा दियो कसले दिएन भन्ने कुरालाई पनि सम्झिन उनले आग्रह गरे। प्रधानमन्त्रीले भने, ‘तपाईंले भनेर राजीनमा गर्न सक्दिन, मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट बस्दिन।’उनले जे विषयमा पनि सदन अवरोध गरिहाल्नुपर्छ भन्ने कुरा रोक्न आग्रह गरे। ‘यो विषय अलि गम्भीर छ, हल्काफुल्का जस्तो लाग्दैन। अलिकति समय लिएर निष्कर्षमा पुगौं एकै पटक नपुगौं,’ उनले भने। ‘यहाँहरू सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु, यति त भयो अब गर्नुहुन्छ के उनले भने थोरै भावनामा आएँ, मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें,’उनले भने। प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नु पर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुबा भएर बोल्न पुगें। त्यो ‘सेन्टिमेन्ट’ सम्झिन पुगें। प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगेँ।’ प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली तर्फ संकेत गर्दै भने, गत पुस १० गते प्रधानमन्त्री बनाउनका लागि खेलेको भूमिका थाहै छ। गत पुसमा विश्वासको मत लिदा सबै दलको विश्वासको मत पाएको पनि उनले बताए। पछि गठबन्धन फेरिँदा पनि प्रधानमन्त्री कसरी बनेको भन्ने कुरालाई उनले जोड्दै भने, ‘यो प्रश्नको घेरामा म मात्रै छु कि सांसद पनि छु,’ उनले भने। यसैगरी, राजीनामा माग गर्ने हो भने सबैले प्रधानमन्त्री हुँदा बुझ्नु पर्ला नि।’