Saturday, October 24, 2026
Latest:
अन्य थप

इरानी प्रतिनिधिद्वारा कोप– २८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध

Share to:

एजेन्सी,

इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले कोप– २८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देशविपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलन स्थलबाट बाहिरिएको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसंघीय जलवायु वार्ताबाट इरानी प्रतिनिधिहरू शुक्रबार बाहिरिएका छन् । इजरायल र हमासबीच सातदिने युद्धविराम समाप्त भएको र गाजामा अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि गरेको घातक आक्रमणपछि दुई देशबीचको शत्रुता पुनः सुरु भएको केही घन्टापछि यो कदम चालिएको हो । करिब दुई सय देशका प्रतिनिधिहरूलाई कोप– २८ मा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्ने प्रयासहरू बढाउन दबाब छ, तर अहिले आठौँ हप्तामा चलेको इजरायल–हमास द्वन्द्वले शिखर सम्मेलनलाई छायामा पारिरहेको छ । इरानी राष्ट्रपति इब्राहिम राइसी वार्तामा सहभागी नहुने र मेहराबियनले शिखर सम्मेलनमा भाग लिने इरानले बिहीबार जानकारी दिएको थियो । संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्री अब्दुल्लाह बिन जायद अल नाहयानले गत जुनमा इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानसँगको वार्तामा इरानी राष्ट्रपति इब्राहिम रायसीलाई कोप– २८ मा सहभागी हुन निमन्त्रणा दिएका थिए । तर, इरानी राष्ट्रपतिले ‘यहुदी शासन रहेको इजरायलका अधिकारीहरूको निमन्त्रणाका कारण’ उपस्थित नहुने निर्णय गरेको समाचार एजेन्सी ‘इरना’ ले जनाएको छ ।

Like