अपराधअर्थतन्त्रइे-पेपरतनहुँ जिल्लाको विशेष समाचारप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

तनहुँमा अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने तीन वटा टिप्पर नियन्त्रणमा, रु. ६० हजार जरिवाना

Share to:


राष्ट्र संरक्षण डट कम
तनहुँ:
जिल्ला प्रहरी कार्यालय तनहुँले अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न तीन वटा टिप्परलाई नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति २०८३ साल पौष १९ गते जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेको इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले भिमाद नगरपालिका वडा नं. ०६ सालघारीस्थित क्षेत्रमा चेकजाँच गरेको थियो। सोही क्रममा ढुङ्गा लोड गरी आउँदै गरेका ३ वटा टिप्परहरू बिलबिजक बिना नै चलेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकाको कार्यालयमा पठाइएको उक्त टिप्परहरूलाई प्रति टिप्पर रु. २०,००० (बीस हजार रुपैयाँ) का दरले कुल रु. ६०,००० (साट्ठी हजार रुपैयाँ) जरिवाना गरी छाडिएको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Like