सलहेश र सांस्कृतिक पर्यटन

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ९,

मुलुकमा नेपाल पर्यटकहरूका लागि स्वर्गभूमि र स्वर्णभूमि दुइटै रूपमा मान्यता प्राप्त देश हो। यहाँको स्थानमा आकर्षण समाहित एवम् सन्निहित भएको पाइन्छ। यहाँ विभिन्न धर्म र सांस्कृतिक तथा भाषाभेष अँगालेका मानिसहरूको बसोबास भएकाले यिनीहरूको चाडपर्व, खानपिन, मेल, जात्रा, रहनसहन अर्थात् जीवनशैली आदिले पनि विदेशी पर्यटकहरूलाई आफूतिर आकर्षित गर्छन्। यो सांस्कृतिक सम्मिश्रण संसारमा एउटा कौतूहल, अध्ययन एवम् अनुसन्धान, मनोरञ्जन र ज्ञानवद्र्धनका रूपमा प्रसिद्ध छ। सांस्कृतिक पर्यटनका पूर्वाधारहरू प्रशस्त छन् र यहाँ र यसको भविष्य पनि सुनौलो देखिन्छ। सर्वप्रथम सन् १९७६ मा युनेस्कोजस्तो विश्व संस्थाले सांस्कृतिक पर्यटनको धारणा राखेको देखिन्छ। विश्व बैंक युनेस्कोबाट यो तथ्य अनुमोदन भएको पाइन्छ। पर्यटन विकासमा सामाजिक र सांस्कृतिक प्रभाव महत्वपूर्ण हुन्छ। ससाना मुलुकहरूको सन्दर्भमा यो तथ्य झन् बढी सान्दर्भिक हुन गएको सर्वविदित छ। यहाँको भौगोलिक–जैविक बनोट पनि आकर्षणको केन्द्र बन्न गएको छ। विभिन्न जातजातिहरूको बसोबास भएकाले यो विदेशी पर्यटक एवम् विद्धान्का लागि चासोको विषय हुन गएको छ। यहाँ विभिन्न धर्मावलम्बीहरू विभिन्न जनजातिहरू, विभिन्न संस्कृतिको सम्मिश्रण हेर्न सकिन्छ, जसबाट विदेशी पर्यटकहरू आनन्दित हुन्छन् र यसको आकर्षणमा स्वतः सम्बद्ध भइहाल्छन्। यहाँको भौगोलिक–जैविक बनोट पनि आकर्षणको केन्द्र बन्न गएको छ। विभिन्न जातजातिहरूको बसोबास भएकाले यो विदेशी पर्यटक एवम् विद्धान्का लागि चासोको विषय हुन गएको छ। बाह्य पर्यटकहरू कुनै पनि देशको कला–कौशल, ऐतिहासिक भवन, कलासङ्ग्रहालय, पारम्परिक कलात्मक वस्तुहरूबाट धेरै प्रभावित र प्रेरित हुने गर्छन्। कलात्मक वस्तुहरूबाट धेरै प्रभावित र प्रेरित हुने गर्छन् तथा अन्त्यको सौगातका रूपमा केही कलात्मक वस्तुहरू आआफ्नो देशमा लाने गर्छन्। यस्ता वस्तुहरू उपहारका रूपमा बहुमूल्य मानिन्छ तथा हस्ती हाडका वस्तुहरू ढाका कपडाद्वारा निर्मित विभिन्न किसिमका खेलौना आदि आउँछन्। हाम्रो देश विश्वको मानचित्रमा सानो देखिए तापनि नेपालको सांस्कृतिक विरासत नदी सम्पन्न भएकाले यहाँ सांस्कृतिक पर्यटनका धेरै सम्भावना स्पष्ट रूपमा देखिएका छन्। सांस्कृतिक पर्यटनको परिभाषा गर्दा सांस्कृतिक संरक्षणलाई एउटा सांस्कृतिक शक्तिका रूपमा लिने गरिएको पाइन्छ। यसबाट पर्यटकहरू आन्तरिक होस् कि बाह्य यहाँ स्थित मानिसको सांस्कृतिक जीवनशैली, कला, वास्तुकला, हस्तकला, लोककला, भाषा, परम्परा, गीत–संगीत, चित्रकला, इतिहास, धर्म, शिक्षा पद्धति भेषभूषा र अवकाशका क्षणहरूबाट धेरै कुरा सिक्दै आएका छन्। पर्यटकहरू लोकनाथ र गीत संगीतबाट धेरै प्रभावित र प्रेरित हुन्छन्। स्वदेशको भन्दा भिन्दै किसिमको संस्कृतिप्रति उनीहरू धेरै आर्कषित हुने गर्छन्। हाम्रो देशमा ऐतिहासिक भवन, सङ्ग्रहालय, मठ–मन्दिर र बौद्ध विहार प्रशस्त छन्। विदेशी पर्यटकहरू बहुमन्जिल मकान हेर्न आउँदैनन् किनभने यस्ता भवनहरू उनीहरूको देशमा असंख्य छन्। उनीहरू यहाँस्थित ऐतिहासिक, कलात्मक भवनहरूमा मन्दिर एवम् सङ्ग्रहालय हेर्न आउँछन्। यसबाहेक हाम्रा सांस्कृतिक धरोहर, जीवनशैली हामीले अपनाई आएको सदियौं पुराना संस्कार र कलात्मक वस्तुहरू विशेष रूपमा हेर्न आउँछन्। तराई–मधेशमा मणिमण्डप वन, मधेश प्रदेशको राजधानी जनकपुरको हृदयस्थलमा अवस्थित तर अहिले अवशेषका रूपमा स्थित तिरहुतिया गाछी, तराई प्रदेशमा गाउँ गाउँमा अवस्थित आँपको बगैंचा, लिचीको बगैंचा र केदलीको वनको अवस्थिति नौलो होइन। यस्तै सलहेश फूलबारी जसलाई राजा फूलबारी पनि भनिन्छ, प्राचीन फूलबारीका रूपमा परिणनीय छ। सम्प्रति पार्क पुरातत्व विज्ञान (आद्यकल्प)को अवधारणामा जापान र युरोपेली देशहरू अग्रसरित भएको मात्र होइन, यसलाई अँगालेर विश्वप्रसिद्ध भइसकेका छन्। हाम्रो देशमा यसलाई सर्वथा नयाँ परिकल्पनाका रूपमा अंगीकार गर्न पनि हिचकिचाउँछन्। यद्यपि नेपालमा यो पुरानो परिकल्पना हो। लुम्बिनीमा अवस्थित लुम्बिनी वन यसको टड्कारो उदाहरण हो। विश्वरूप लुम्बिनी वन विश्वविभूति बुद्धको प्रिय फूलबारी पनि मानिन्छ। यसको प्राचीन गरिमा र महिमा लोपोन्मुख अवस्थामा पुगिसकेको छ। हालका रुखको हाँगा समाति राखेको बेलामा मायादेवीले प्रसव वेदना हाँसी हाँसी खपेको खबर पनि नौलो होइन र त्यो असली रुखको अस्तित्व पनि लुम्बिनीमा भेटिँदैन। मधेश प्रदेशभरिमा पर्यावरणीय समस्याहरूबाट यिनीहरू पूर्णरूपमा अपरिचित नै छन्, जसले गर्दा यहाँस्थित पोखरी र फूलबारीहरू पनि अवशेषका रूपमा मानिसको मानसपटलमा मात्र जीवित रहने हो कि भन्ने शंका–उपशंका प्रकृतिप्रेमीहरूको दिलदिमागमा छ। त्यस्तै हाल मधेश–प्रदेशमा स्थित सलहेश फूलबारीको अस्तित्व त छ तर यसको प्राचीन गरिमा र महिमासित स्थानीयवासीहरू मात्र होइन, स्थानीय सरकार र मधेश प्रदेश सरकारको कुनै सरोकार नै छैन जस्तो देखिएको छ। मधेश प्रदेश सरकारको योजना विभाग र यसका योजनाकारहरू पाँच वर्षसम्म पनि यसको स्वरूप र संरचनासित अनभिज्ञ छन्। अहिलेसम्म यिनीहरू रनभुलमा नै छन्। सलहेश फूलबारी अर्थात् राजा फूलबारी सिरहा जिल्लाको लहान बजारबाट ७ किमि दक्षिण पूर्वमा स्थित छ तर यहाँका रुखहरूको अहिलेसम्म पहिचान हुन सकेको छैन। बोटविरुवा विशेषज्ञहरूले पनि कुनै चासो र चिन्ता राखेका छैनन्। जसको हातमा डाडुपन्यु छैन, तिनीहरूले यसको संरक्षण र सम्बद्र्धनमा के गरून् ? योजनाकारहरूको ध्यान अर्थको आकर्षणमा मात्र सीमित छ। अर्थको अर्थ उनीहरूले नै बुझून् तर सलहेश फूलबारी दिनानुदिन अतिक्रमित भइराखेको छ। उक्त फूलबारीमा प्रत्येक नयाँ वर्षका दिनमा मात्र फुल्ने एक मात्र फूलको सौन्दर्य र आकर्षणबाट आन्तरिक र बाह्य पर्यटकहरू मोहित हुन सक्छन् तर यसको समुचित संहार, संरक्षणतिर कुनै सरकारको सरोकार देखिएको छैन। राजा फूलबारी अहिले दीनदुखियाका लागि मात्रै आकर्षणको केन्द्र बनेको छ। यहाँ प्रत्येक वर्ष नयाँ वर्षको शुभ अवसरमा फुल्ने यो फूल मधेश प्रदेशमा मूल बासिन्दालाई प्रकृतिको अनुपम अलौकिक उपहार हो तर यसको महत्व अहिलेसम्म जगजाहेर हुन सकेको छैन। अहिलेसम्म यसलाई पिछडा वर्गका लागि मात्रै भएको महत्व छ भन्ने अपेक्षा गरिएको हो कि जस्तो लाग्छ। यसका बारेमा पनि विवाद नभएको होइन। स्थानीय विद्वान् र संस्कृतिविद् तथा राजनैतिक नेता–नथुनी सिंह दुनुवारको मान्यता के छ भने यो दनुवार जातिको प्राचीन दौलत हो। अहिले उनी दिवंगत भइसकेकाले यो विवाद पनि दबिइसकेको छ। उनले राजा सलहेशका बारेमा एउटा स्वतन्त्र पुस्तक नै लेखेर यसलाई सिद्ध गर्ने कोसिस गरेका थिए तर हाल यो विवाद सामसुम भइसकेको सर्वविदित छ। सलहेश फूलबारी अर्थात् राजा फूलबारी सिरहा जिल्लाको लहान बजारबाट ७ किमि दक्षिण पूर्वमा स्थित छ तर यहाँका रुखहरूको अहिलेसम्म पहिचान हुन सकेको छैन। बोटविरुवा विशेषज्ञहरूले पनि कुनै चासो र चिन्ता राखेका छैनन्। अर्को सिद्धान्त के छ भने राज शैलेश दुसाध जातिका महानायक थिए। शैलेशको शाब्दिक अर्थ के हो भन्ने पनि सिद्ध भइसकेको छ। शैलेश मधेश र पर्वतको दोसाँधमा अवस्थित तिरहुतका राजा थिए। दुसाध पिछडा वर्गको एउटा जाति हो र यिनीहरूको लोकदेवता सुलहेशको पूजाआजा नयाँ वर्षको अवसरमा गरिन्छ। यहाँ ठुलो मेला लाग्ने गर्छ। जसबाट नेपाल र छिमेक राष्ट्र भारतका पर्यटकहरू अधिक संख्यामा आउने गर्छन्। यस फूलबारीमा स्थित सलहेशको कुस्ती खेल्ने अखडा पनि अवस्थित छ। यहाँ फूलबारीको बीच भागमा राजा सलहेशको गह्वर भएकाले यहाँ पूजाआजा गर्ने गरिन्छ। सलहेशका बारेमा धेरै पुस्तक प्रकाशित भइसकेका छन् र ती गोष्ठीपत्रको संग्रह पनि प्रकाशित भइसकेको छ तर मधेश प्रदेश सरकार एवम् सरोकारवालाहरूलाई कुनै सरोकार देखिँदैन। सलहेस एउटा पुरातात्िवक फूलबारी हो। यो पुरातात्िवक मात्र होइन, ऐतिहासिक, धार्मिक, फूलबारी भए पनि यसको पुरातात्िवक अध्ययन एवम् अनुसन्धान अहिलेसम्म भएको छैन। न त स्वदेशी विद्वानबाट न त विदेशी विद्वानबाट भएको छ। यसको परिसर २५ बिघामा फैलिएको छ। यस फूलबारीको हेरचाह स्वयम् राजा सलहेशले गर्ने गर्थे। मेलामा कुस्ती प्रतियोगिता पनि हुने गर्छ र यस फूलबारीको प्राकृतिक सौन्दर्य र महत्वसित यिनीहरूको पनि त्यति सरोकार देखिँदैन। यो त यिनीहरूको पुख्यौली लोकदेवताका रूपमा पूजनीय र प्रशंसनीय छ। जब वनस्पतिविज्ञ र मधेश प्रदेश सरकारका सरोकारवालाहरूको कुनै चासो र चिन्ता यसको संरक्षणमा देखिँदैन भने ती पिछडा वर्गका एउटा प्रतिनिधि जातिलाई के थाहा यसको पर्यावरणीय र पर्यटकीय महत्वबारे। किंवदन्ती के छ भने यसै फूलबारीमा राज सलहेस र मालिनी कुसुमाको प्रथम भेटघाट भएको थियो र दुवैमा प्रेम पनि भएको थियो तर सफल हुन सकेको थिएन। राजा फूलबारीमा अवस्थित गहबरको नजिकैका रुख जसलाई ‘हेरम’ भनिन्छ। यसको एउटा हाँगामा प्रत्येक वर्ण चैत मसान्तको राति एक दिनका लागि मात्र एउटा फूलमालाको आकारमा फुल्छ र भोलिपल्ट ओइलिएर जान्छ। निष्कर्षतः के भन्न सकिन्छ भन्ने सलहेश फूलबारी पकडिया गढ, माणिक दह, कमल दह, मैसौथा गढ र पतारी पोखरीलाई एउटा पर्यटन प्याकेजका रूपमा प्रचारित र प्रसारित गर्न सकिन्छ। यस्तो महत्वपूर्ण, उल्लेखनीय र उदाहरणीय सांस्कृतिक एवम् धार्मिक स्थललाई पनि स्थानीय सरकार र मधेश प्रदेश सरकारले वास्ता नगर्नुका पछाडि के मनसाय हुन सक्छ, सहजै बुझ्न सकिन्छ। जनजिब्रोमा के विश्वास छ भने कुसुमा, मालिनी आफ्नो प्रेमी सलहेशको आलिङ्गन पासमा आबद्ध भएर आफ्नो अमर प्रेमलाई मूर्तवान् गर्ने गर्छिन्। यसलाई प्रणय दिवसका रूपमा घोषित गर्नु उपयुक्त देखिन्छ। अतः सलहेस फूलबारीलाई प्रेमी प्रेमिकाको मिलन केन्द्रका रूपमा लिएका छन्। विवाहित पुरुष नारीको मनोकामना पनि पूर्ण हुने जनविश्वास छ। तसर्थ यिनीहरू पनि यस दिनमा भेला भई पूजाआजा गर्ने गर्छन्। अतः यस फूलबारीलाई युवायुवतीको वैवाहिक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ। यहाँ युवायुवतीको जोडी आएर प्रेम विवाह पनि गर्न सक्छन्। वैवाहिक गन्तव्यका रूपामा यसलाई विकसित, प्रचारित एवम् प्रसारित गरियो भने यो एउटा वैवाहिक गन्तव्य स्थल बन्न सक्छ। यो आन्तरिक पर्यटनका रूपमा पनि प्रसिद्ध स्थल बन्न सक्छ। युवायुवती यसलाई भ्यालेन्टाइन डेका रूपमा भेला भएर प्रेमको गन्तव्य सिद्ध गर्न सक्छन्।

Like