राष्ट्रपतिको स्वकीय सचिवमा डा सुरेश चालिसे
रासंसा/काठमाण्डौ, फाल्गुण ३०,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा.सुरेश चालिसे नियुक्त गरेका छन्। चालिसे अमेरिका र बेलायतका पूर्वराजदुत हुन्। उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए। मंगलबार राष्ट्रपति पौडेलले चालिसेलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको राष्ट्रपतिका नवनियुक्त निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। त्यस्तै राष्ट्रपतिले निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त गरेका छन्। अधिकारी यसअघि पौडेलका स्वकीय सचिव थिए।
Like