देशका तीनवटा प्रदेशमा आज सोमबार दिउँसो वर्षा हुने

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २२,

मुलुकमा आज सोमबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

Like