अबकाे राष्ट्रपति रामचन्द्र पौडेल, अध्यक्ष माधव कुमार नेपाल

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १३,

मुलुकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गरेका छन्। उनले जनताको चाहनालाई साकार पार्ने गरी अघि बढन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि आग्रह गरे। मुलुक रुपान्तरणको यो महान अभियानमा गम्भिर भएर अघि बढन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै अध्यक्ष नेपालले त्यसै अभियानलाई साथ दिन ८ राजनीतिक दलहरु एक ठाउँमा उभिने निष्कर्षमा पुगेको समेत बताए। अध्यक्ष नेपालले ८ दलको सहमतीमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्ने सबैले आशा गरेको पनि बताए। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पौडेलप्रति लक्षित गर्दै जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने कुरामा कटिवद्ध हुनुपर्ने स्पष्ट पारे।
अध्यक्ष नेपालले महेन्द्र्रनारायण निधिको लोकतन्त्रप्रतिको निष्ठा आज पनि अनुकरणीय रहेको बताए। त्यस अवसरमा उनले महेन्द्रनारायण निधि प्रतिष्ठानले समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको पनि प्रशंशा गरेका थिए। संघीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरु एक भएर बढन तयार भएको उनको भनाई थियो।

Like