सताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था गम्भीर
रासंसा/ललितपुर, आश्विन २९,
मुलुकमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी भएर अस्पताल भर्ना भएका को स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ । जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो । किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
Like