छोराको शुभजन्मोत्सवमा मातृ नेपाललाई भोजनकासाथ शैक्षिक सामग्री वितरण
रासंसा/काठमाण्डौ, आषाढ २५,
मुलुकमा थुप्रै समाजसेवीहरु छन् । सबैले आआफ्नै क्षेत्रमा कार्यरत छन् र पनि ति सहयोगी हातहरुलाई फुर्सदै छैन । वरिष्ठ समाजसेवी तथा सफल रोजगार व्यवसायी अञ्जु गिरी क्षेत्रीको छोरा आशिष क्षेत्रीको शुभ जन्मोत्सवको अबसरमा तारकेश्वर नगरपालिका वडा नं ३ स्थित मातृ नेपाल अपांगद्वारा सञ्चालित बाल आश्रममा आश्रित ४३ जना बालबालिकालाई बिहानको भोजन तथा शैक्षिक सामाग्री वितरणका साथै आर्थिक सहयोग समेत गर्नु भएको छ।

लामो समय देखि ब्यवसायको साथै समाज सेवामा सक्रिय रुपमा लाग्नु भएकि क्षेत्रीले बिभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गर्नुका साथै २०७२ को भुकम्पको समयमा र विश्वमारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको समयमा बिभिन्न जिल्लामा खाधान्न लत्ताकपडा समेत बितरण गर्नु भएको थियो । मनकि धनि क्षेत्रीले आफ्नो परिवारको बिशेस अबसरमा यसरिनै बिभिन्न संघ संस्थाहरुमा गएर जन्मोत्सव मनाउने र नया पुस्तालाई नि समाजसेवा प्रतिको भावना र उतरादायित्व बढाउने बताउनु भयो। सो अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश विक्रम कुँवर, काठमाण्डौ शाखा अध्यक्ष पुस्कर राज पाण्डे समाजसेवी सुशील राना मगरको विशेष उपस्थिति थियो ।