क्याबिनमा धुवाँ देखिएपछि स्पाइसजेटको विमानको आकस्मिक अवतरण

Share to:

एजेन्सी,

दिल्लीबाट जबलपुर जाँदै गरेको स्पाइसजेटको विमानको आकस्मिक अवतरण गर्नुपरेको छ। यो विमान शनिबार बिहान दिल्ली एयरपोर्टबाट जबलपुरको लागि उडेको थियो। उडानको क्रममा क्याबिनमा धुवाँ देखिएको थियो, त्यसपछि विमानलाई दिल्ली एयरपोर्टमा आपतकालीन अवतरण गरिएको थियो । स्पाइसजेटका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले सबै यात्रु सकुशल रहेको जानकारी दिएको छ ।

Like