७५ सदस्यीय केन्द्रीय कमिटीसहित वामदेव गौतमले घोषणा गरे नयाँ दल

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १४,

मुलुकमा नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गर्नुभएको छ । गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गनुभएको हो । गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ । पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने छन् । ७५ जनाकाे केन्द्रीय कमिटी हुने पार्टीमा १५ जनाको स्थायी कमिटी रहनेछ ।

Like