खार्कीभमा भएको अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको रुसको दाबी
एजेन्सी,
विश्वमा रुसले युक्रेनको खार्कीभ क्षेत्रमा अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको दाबी गरेको छ । मन्त्रालयले ओडेसाको बन्दरगाह सहर नजिकै डाच्नेमा रहेको तीनवटा गोलाबारुद डिपोसहित रातारात १८ वटा युक्रेनी सैन्य केन्द्रमा आक्रमण गरेको बताएको छ । रुसको रक्षा मन्त्रालयले युक्रेनको खार्कीभ क्षेत्रको बोहोदुखिभ रेलवे स्टेशन नजिकै अमेरिका र युरोपेली देशहरूबाट ल्याएको सैन्य उपकरणको ठूलो भण्डार नष्ट गरेको दाबी गरेको हो । यता, बेलायती रक्षा मन्त्रालयले भने रुसको सबैभन्दा सक्षम एकाइहरू र सबैभन्दा उन्नत क्षमताहरूमा ठूलो प्रभाव परेको दाबी गरेको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिउपोलमा रहेको विशाल एजोभस्टल स्टिल प्लान्टको रक्षा गरिरहेका युक्रेनी सैनिकहरूलाई बचाउन कूटनीतिक प्रयास भइरहेको बताउनुभयो ।
बेलायती रक्षा मन्त्रालयल रूसको सबैभन्दा उन्नत ट्याङ्क लडाईंमा नष्ट भएको भन्दै लगभग एक सय टि नाइन्टी एफ ट्याङ्कहरू नष्ट भएको जनाएको हो । रुसी सेनाको आक्रमणको जोखिममा रहेको दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलबाट थप ५० जनालाई उद्दार गरिएको छ । अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेको अनुमान छ ।