प्रधानमन्त्री पत्नी भन्छिन् कांग्रेसले नजितेका ठाउँमा पैसा पठाउँदैनौं

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २४,

मुलुकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी छन्। ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं,’ उनले भनिन्, ‘यो कुरा ध्यान दिएर करूवा, सरूवा, हरूवा पार्टीहरूलाई भोट नहाल्नुस्।’
डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेस (बिपी) का उम्मेदवारकाे चुनाव चिन्ह करूवा रहेकाे छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी देउवाले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी हुन्।

Like