समुद्रको बीचमा समातिए श्रीमतीको प्रेममा यी व्यक्तिले उठाए यस्तो कदम

Share to:

एजेन्सी,

विश्वमा क व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा पुगिसकेका थिए । त्यसपछि उनीबारे थाई नेभीलाई थाहा भयो । उनलाई बचाइयो र त्यसपछि पक्राउ गरियो । होआंग, थाइल्यान्डभन्दा लगभग ८० किलोमिटर टाढा सिमिलन द्वीप समूहको नजिकै पुगेका थिए । जहाँ उनलाई केही माझीले देखे र त्यसपछि नेभीका समुद्री सुरक्षा इकाइलाई यसबारे बताए । त्यसपछि नेभीका जवानले उनलाई बचाए । यी व्यक्तिको नाम होआंग हुंग हो । उनी भियतनामका बासिन्दा हुन् । फुकेट द्वीपको थाई होलिडे आइल्याण्डबाट उनले आफ्नो यात्रा सुरु गरेका थिए । उनी समुद्रको बाटो हुँदै लगभग २०० किलोमिटर टाढा रहेको मुम्बईमा रहेकी आफ्नी श्रीमतीलाई भेट्न चाहन्थे । उनी रबरको डुङ्गामा पानी र चाउचाउ लिएर यात्रामा निस्किएका थिए । यद्यपि, उनीसँग कुनै नेभिगेशन सिस्टम भने थिएन ।

Like