तनहुँ प्रशासनले गर्यो विधुतीय राहदानी इ- पासपोर्ट वितरण शुरु
अन्जनराज न्यौपाने/गण्डकी प्रदेश,तनहुँ, फाल्गुन -१४,
विधुतीय राहदानी इ- पासपोर्ट सेवा वितरण भएपछि काठमाडौ जानुपर्ने झन्झट हटेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आम सर्वसाधारण जनताले छिटोछरितो सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले उक्त विधुतीय राहदानी इ- पासपोर्ट वितरण कार्य शुरु गरिएको हो ।
गत पौष३० गतेबाट दुईवटा स्टेसनबाट राहदानीकालागि दैनिक ३५ देखि४० को संख्यामा फोटो खिचाउने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । आम जनतालाई छिटोछरितो र सहजरुपबाट राहदानी प्राप्त गर्न सकुन र विना झंझट सेवा लिन सहज होस भन्ने उदेश्यले विधुतीय राहदानी वितरण प्रक्रिया शुरुगरिएको प्रजिअ अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालय तनहुँले दैनिक २० देखि ३०जनाको संख्यामा रहादानी वितरण गरेको जनाएको छ। जिल्लाका सेवाग्राहीले तनहुँका कुनै पनि स्टेसनबाट अनलाइन एप्लिकेसन भर्दा जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालयबाट र अन्य जिल्लाको हकमा सोही जिल्ला वाट राहदानी प्राप्त गर्ने ब्यवस्था रहेको छ। एमआरपी भन्दा चाँडो पासपोर्ट बन्नेको र विगतका समयमा कार्यालयले पोखरा सम्म राहदानी लिन जानुपर्ने झन्झट मुक्त भएको र सेवाग्राहीले सहज ढंगले पौष देखि हाल सम्ममा ३ सय १९ वटा राहदानी प्राप्त गरेको प्रजिअ विश्वप्रकाश अर्याल बताए।सेवाग्राहीले ३४ पृष्ठसम्मकालागि ५ हजार सम्म शुल्क तिर्नुपर्ने र सेवाग्राहीले घरमै बसेरपनि मोबाइलवाटपनि सेवालिन सकिने ब्यवस्था गरिएको छ। विगतका समयमा राहदानीकालागि पोखरा काठमाडौ जानुपर्ने समस्या हटेको छ।
हाल गोशरा हुलाकवाट आफै जिल्ला प्रशासन कार्यालयमा ल्याउने ब्यवस्थाहुदा आमसर्वसाधारणलाई सहज भएको छ। अनलाइन फारम भर्दा सेवा प्रदायक स्थानमा मनोमानी ढंगले शुल्क उठाउने गरेको जनगुनासो बडेपछि जिल्ला प्रशासन कार्यालयले बडी शुल्क लिई सेवाग्राहीलाई सास्ती दिनेहरुलाई कारवाहीको दायरामा ल्याउने जनाएको छ।