अन्य थपमुख्य समाचारविश्वसमाचारस्पेसलहेडलाइन

अमेरिकामा दुर्व्यवहार नगर्न चिनियाँ विद्यार्थीलाई चीनको आग्रह

Share to:

एजेन्सी,

विश्चमा नले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुर्व्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ। अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले अमेरिकाको व्यवहारप्रति कडा रुपमा असन्तुष्टि जनाए। अमेरिकामा अन्य देशका विद्यार्थी र चिनियाँ विद्यार्थीका बीचमा विभेद भएको पनि उनले उल्लेख गरे। अमेरिकाको यस्तो प्रकारको व्यवहारलाई आफूहरुले गम्भीरता पूर्वक लिएको र आगामी दिनमा यस्तो नगर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयको भनाई छ।
त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ। कुनै पार्टीमा आवद्ध हुनु वा नहुनु उनीहरुको स्वतन्त्रताको विषय भएपनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपमा दवाव दिएको उनीहरुको भनाई छ।

Like