प्रेमसागर कर्माचार्यकाे नियमित रक्तदान १६९ औं रक्तदान सम्पन्न
रासंसा/पर्बत, फाल्गुन २,
गत माघ २९ गते पर्कुबतको कुश्मामा नेपाल रेडक्रस साेसाइटीकाे पर्वत जिल्ला शाखाको प्राबिधिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे नियमित रक्तदान कार्यक्रम अन्तर्गत १६९ औं पटककाे रक्तदान सम्पन्न भएको छ । सो दिन एक बिशेष कार्यक्रमकाे आयाेजना गरि पर्वत जिल्लाकाे स्थानीय कुश्मा नगरपालिका वडा नं. ५, बडागाउँ नेपाल रेडक्रस साेसाइटीकाे प्राङ्गणमा सम्पन्न भएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाका अध्यक्ष नीरबहादुर पुनकाे सभापतित्वमा आयाेजित उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी पर्वत जिल्ला सभापति रूद्र रिमाल र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका उपाध्यक्ष बिरेन्द्र पराजुली अतिथि रहनु भएको थियो । अतिथि बीरेन्द्र पराजुलीले आफूले पनि ३५ औं पटककाे रक्तदान गर्नुका साथै रक्तदानबाट काेहि पनि कमजोरी हाेईन्न भन्ने तथ्यलाई साबित गर्न रक्तदान लगत्तै बञ्जिजम्प गर्नुका साथसाथै कुश्मादेखि पाेखरासम्म साईक्लिङ् गर्नुभएको थियोे ।
सारेगमप लिटिल च्याम्का अन्तिम पाँच प्रतियाेगीमा पुग्न सफल अरूण सुनारले पनि साे कार्यक्रममा सहभागीता जनाएका थिए ।