सार्बजनिक यातायात केन्द्रीय महासंघ नेपाल को दोस्रो पुर्ण बैठक सम्पन्न
रासन्सा/काठमाण्डौ, फाल्गुण ३,
सार्बजनिक यातायात केन्द्रीय महासंघ नेपालको दोस्रो पुर्ण बैठक देसैभरिबाट उपस्थित सम्पुर्ण पदाधिकारीहरुको समुपस्थितिमा भावी कार्यक्रम सहित बैठक सम्पन्न भएको छ । महा संघका केन्द्रीय अध्यक्ष डोल नाथ खनालको अध्यक्षतामा बसेको सो बैठकमा महा संघका प्रमुख संरक्षक होम प्रसाद अधिकारी, प्रमुख सल्लाहकार के. बि सम्राट, केन्द्रीय पदाधिकारी, सल्लाहकार, विभिन्न बर्गिय संयोजक लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति थियो । बैठकमा महासचिव भरत नेपालको प्रतिवेदन र कोषाध्यक्ष धर्म रिमालको प्रतिवेदनमाथी विशेष छलफल गरि पारित गरिदै सबै जिज्ञासु पदाधिकारीहरुको जिज्ञासा जवाफसहित समर्थन गरिएको थियो । महासंघको आगामि सचिवालय बैठकमा महासंघको क्दाधिकारी तथा सल्लाहकारहरुले दिएको सुझाब सल्लाह विषयमा छलफल गरि सिउल्झाउने महासंघका महासचिव भारत नेपालले दिनुभयो ।