दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दै

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ११, 

मुलुकमा यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर बिहीबारका लागि सारिएको हो । प्रतिनिधि सभाको बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ ।

 

बिहीबारको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ । लगातार सदनमा अवरोध गर्दै आएको एमालेले आजको बैठक चल्न दिन्छ कि दिदैन भन्ने निश्चित छैन । आफुले कारबाही गरेको माधव नेपालसहितका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै एमाले सदनभित्र आन्दोलित छ ।

Like