सडक दुर्घटना कम गर्न लेजर गनसहितको चेकिङ्ग सुरु, तीब्र गतिका कारण रातीमा दुर्घटना हुने
रासंसा, काठमा०डौं, भाद्र २१,
मुलुकमा ट्राफिक पुलिसको आँखा छलेर कतै तपाईं अनियन्त्रित ढंगले गाडी चलाउँदै त हुनुहुन्न ? यदि त्यसो हो भने सतर्क हुनुहोला । हैन भने कारवाहीमा पर्नु होला । रातको समय खुला सडकमा दुर्घटनाको सख्या बढन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीब्रगतिका कारण हुने सडक दुर्घटना कम गर्न लेजर गनसहितको चेकिङ्ग सुरु गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले प्रहरी कार्यालयबाट राडर गन भाएपछि यही१६ गतेबाट चेकजाच सुरु गरेको बताउनुभयो । उहाँकाअनुसार दिउँसो भन्दा रातीको समयमा बाइक तथा गाडीहरु स्पिडमा कुदाउने गरेको पाइएको छ । विशेष गरेर कोटेश्वर सूर्यविनायक, चक्रपथ र चौडा सडकमा तीब्रगतिले सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गरी ट्राफिक प्रहरीले लेजर गर्न प्रयोग गरेर तीब्र गति नियन्त्रणको अभियान सुरु गरेको हाे । दैनिक १५, २० जना चालक कारवाहीमा पर्दै आएका छन् । प्रहरीले यो अभियान तीब्र गतिमा अघि बढाउने बताएको छ । कोभिडका कारण मादक पदार्थ सेवनको नापजाँच गर्न नपाएको स्थितिमा प्रहरीले दुर्घटना कम गराउन लेजर जाँचको माध्यमलाई प्रभावकारी बनाउने बताएको छ । प्रहरीको चेकिङ्ग आफ्नो ठाउँमा छ । त्यो भन्दा पनि घरमा पर्खिरहेका परिवारका सदस्यलाई निरास नबनाउन सुरक्षित सवारी नै अन्तिम विकल्प हो । कोभिड संक्रमण सुरु भएपछि यो काम स्थगित गरिएको थियो । प्रहरी प्रधान कार्यालयले ४ वटा नाइटभिजन राडार गन उपलब्ध गराएपछि प्रहरी आक्रामक ढंगले अघि बढेको प्रहरी यसबाट दुर्घटनामा कमी आउने दावी गर्छ । राडर गनले रातीमा पनि कति स्पिडमा कुदेको छ सबै स्पष्ट देखाउने भएकाले पनि कारबाही गर्न सजिलो हुने उहाँको भनाइ छ । यस कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।महाशाखाअनुसार यो अभियानमा हालसम्म २ सय २५ जना कारवाहीमा परिसकेका छन् । कारवाहीमा पर्नेलाई जनही २ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । कोभिड सुरु हुनुभन्दा पहिला दिउँसै राडार गन मार्फत गति नाप्ने र कारवाही गर्ने काम भएको थियो ।