Wednesday, October 21, 2026
Latest:
अन्य थपअपराधप्रदेश-४ [गण्डकी]शिक्षा

१८ वर्ष पछि चर्चित डन पपे प्रहरी नियन्त्रणमा

Share to:

अन्जनराज न्यौपाने  गण्डकी प्रदेश समाचार            २८ गते तनहुँ

जिल्ला प्रहरी कार्यालय तनहुँले चर्चित डन पपे नामले चर्चित पपेन्द्र रानालाई पक्राउ गरेको छ।  ज्यान मुद्दामा फरार रहेका रानालाई प्रहरीले १८ बर्षपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी  प्रमुख दिनेशराज मैनालीका अनुसार  वि,स २०६० साल देखि हाल सम्म ब्यास नगरपालिका -५ पतेनीटारमा आफनै फुपुदिदीको घरमा लुकीछिपी बस्दै आएको भन्ने विशेष जानकारी पाए सगै प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख मैनालीले जानकारी दिए। ज्यान मुद्दामा अदालतको फैसला अनुसार अभियुक्त रानाले ८ बर्ष कैद सजाय र ५२ हजार जरिवाना भुक्तान गर्नुपर्ने हुन्छ प्रहरी प्रमुख मैनालीले भने। यसैगरी विभिन्न मुद्दामा फरार रहेका ६ जानालाई प्रहरीले छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ।

Like