प्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारहेडलाइन

सत्यतथ्य निष्पक्ष र खोजमूलक पत्रकारिता आजको आवश्यकता- प्रेस रजिस्ट्रार भण्डारी

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ। मङ्गलबार ९ गते

चार वेद र १८ पुराणका रचयिता कृष्ण दैवपायन वेदव्यासको जन्मस्थल तथा धार्मिक पर्यटनको केन्द्र व्यास गुफामा मंगलबार “पर्यटकीय गन्तव्यको प्रचारप्रसारको लागि अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय पोखराको आयोजना र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको सहकार्यमा भएको कार्यक्रममा तनहुँका प्रचुर सम्भावना बोकेका तर प्रचार न्यून भएका पर्यटकीय स्थलहरुको पहिचान र प्रचारमा जोड दिइयो।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले प्रसिद्ध मादी र सेती नदीको पवित्र संगमस्थलमा अवस्थित कृष्ण दैपायन वेदव्यासको जन्मस्थल व्यास गुफा, परासर ऋषिको तपोभूमि छाब्दीबाराही/मत्स्यगन्धा, हैमावती माता तनहुँ कालिका, मानुङकोट, गलेखामकोट, छाङ्गोबाराही लगायतका ऐतिहासिक-धार्मिक स्थलको खोज, अनुसन्धान र प्रचार गर्नुपर्ने बताइन्।

पत्रकारहरुलाई सम्बोधन गर्दै उनले “स्वतन्त्र, निष्पक्ष र खोजमूलक पत्रकारिता गर्न” सुझाव दिइन्। उनले पत्रकार र सञ्चारमाध्यमले यी लोपोन्मुख गन्तव्यलाई उजागर गरेर तनहुँलाई पर्यटकीय ब्रान्ड बनाउन सक्ने बताइन्। तनहु एक पृथक पर्यटकीय गन्तव्य भएको तर प्रचुर सम्भावना भएपनि प्रचारप्रसार भने न्यून रहेको बताइन्। जिल्लाका क्रियाशील सञ्चारमाध्यमले चार वेद १८ पुराणको रचायता भगवान वेदव्यासको जन्मस्थललाई विश्वमाँझ चिनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइ।

साथै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारहरुको पेशागत हकहित र अधिकारको संरक्षणका लागि प्रेस रजिष्ट्रार कार्यालय सदैव चनाखो , क्रियाशील र प्रयत्नशील रहेको प्रतिबद्धता पनि व्यक्त गरिन्। जसअनुसार
व्यास गुफा, छाब्दीबारा, मादी र सेती नदीको संगमस्थलको टापु, वेदव्यासको जन्मस्थल
मत्स्यगन्धा/छाब्दीबाराही- परासर ऋषिको तपोभूमि र बाराही मन्दिर
हैमावती माता तनहुँ कालिका – शक्तिपीठ
मानुङकोट, गलेखामकोट, छाङ्गोबाराह- ऐतिहासिक किल्ला र मन्दिर को संरक्षण सम्वर्धन र पर्यटकीय महत्त्वका बारेमा जोड दिइएको थियो।

कार्यक्रममा जिल्ला स्थित क्रियाशील पत्रकार, वेदानुयायी प्रतिष्ठानका केन्द्रीय संरक्षक दामोदर बाबा, पत्रकार महासङ्घका अध्यक्ष धनपति अधिकारी सहभागिता थियो ।

Like