प्रदेश-४ [गण्डकी]रोचक संसारविज्ञान/प्रविधिशिक्षास्वास्थ्य

व्यासनगर समता विद्यालयमा खाद्य स्वच्छता तथा पोषणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Share to:


अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको आयोजनामा व्यास-७ नरङ्गा स्थित व्यासनगर समता विद्यालयमा सोमबार विद्यालयस्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बालबालिकालाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषणको महत्वबारे जानकारी गराइएको थियो। सो अवसरमा प्रमुख अतिथि उपप्रमुख इन्दिरा दरै लगायतका अतिथीहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारलाई खाद्य स्वच्छता सम्बन्धी पुस्तक समेत हस्तान्तरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथीहरुले “नानी बाबु राम्रोसँग पढ्नू” भन्दै सानै उमेरदेखि सफा र पौष्टिक खाना खानुपर्नेमा जोड दिएका थिए।

यसैगरी उक्त कार्यक्रममा निःशुल्क आवाससहित शिक्षा
समता विद्यालयमा हाल अभिभावकविहीन, अति विपन्न र दलित समुदायका ५६ जना बालबालिकालाई नगरपालिकाले आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयले विपन्न वर्गका बालबालिकाको शिक्षामा पुर्याएको योगदानप्रति व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दराईले प्रशंसा गरेकि छिन ।

Like