तनहुँ जिल्लाको विशेष समाचारदेशधर्म–संस्कृति/रीतिथितिप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारलेख/रचनाशिक्षासमाचारहेडलाइन

गण्डकी वाङमै प्रतिष्ठानको जिल्ला अध्यक्षमा गौकुमारी न्यौपाने पुनः निर्वाचित

Share to:


अन्जनराज न्यौपाने गण्डकी प्रदेश सूचना ब्युरो
तनहुँ

दमौली (तनहुँ) — गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्ष पदमा गौकुमारी न्यौपाने पुनः सर्वसम्मत निर्वाचित भएकी छन्। शनिबार दमौलीमा सम्पन्न प्रतिष्ठानको ११ औँ अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
निर्वाचन संयोजक अधिवक्ता चन्द्रकान्त वाग्लेका अनुसार कार्यसमितिका सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
नयाँ कार्यसमिति क्रमश यसप्रकार रहेको छ।
अध्यक्ष: गौकुमारी न्यौपाने
उपाध्यक्ष: अञ्जु दाहाल र अमरराज नहर्की
महासचिव: बाबुराम सापकोटा
कोषाध्यक्ष: रमा वाग्ले
सदस्यहरू: शुभ पिया, तेजप्रसाद लामिछाने, भवानी अधिकारी खनाल, सुनिता बुढाथोकी र विष्णुबहादुर खड्का क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन्।
अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि साहित्यिक गतिविधि एवम् नयाँ प्रतिभालाई प्रोत्साहन गर्न सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा प्रतिष्ठानका संस्थापक (संविधान सभा सदस्य) रामचन्द्र पोखरेलले गण्डकी वाङ्मय प्रतिष्ठानको ऐतिहासिक विरासतबारे चर्चा गरे। उनले २०५३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको साहित्य सम्मेलनको स्मरण गर्दै प्रतिष्ठानले स्थापनाकालदेखि नै जिल्लाको भाषा, साहित्य र वाङ्मयको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।
कार्यक्रममा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रा.डा. ईश्वरचन्द्र वाग्ले, पूर्व अध्यक्ष सागर उदास, सल्लाहकार डा. रघुनाथ न्यौपाने र डा. लक्ष्मीकान्त चापागाईं, वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायतका वक्ताहरूले तनहुँलाई साहित्यको माध्यमबाट राष्ट्रियस्तरमा चिनाउन सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।
सोही अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानको भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुखमा नियुक्त भएका प्रा.डा. ईश्वरचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीको सन्दर्भ पारेर आयोजना गरिएको रचना वाचन कार्यक्रममा प्रा.डा. वाग्लेले महाकवि देवकोटाका साहित्यिक योगदानबारे चर्चा गरेका थिए।

Like