मलेसियामा मन्त्रिपरिषद विस्तार
एजेन्सी,
विश्वमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् । एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए। अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तर्राष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायतका रहेका छन्। युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमीदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गरेका थिए।