पश्चिमा नीतिले बाध्य बनाएको किभको पूर्वाधारमा आक्रमण गर्न पुटिनको आरोप
एजेन्सी,
विश्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जर्मन समकक्षी ओलाफ स्कोल्जलाई युक्रेनको पूर्वाधारमा मस्कोको आक्रमण ‘अपरिहार्य’ भएको बताए। उनले यसका पछाडि पश्चिमाहरूको ‘विनाशकारी’ नीतिहरू जिम्मेवार रहेको आरोप लगाए। परिणामस्वरूप मस्कोले हालैका हप्ताहरूमा युक्रेनको ऊर्जा ग्रिडहरूमा प्रहार गरेको छ र जाडो नजिकिँदै गर्दा लाखौंलाई चिसो र अँध्यारोमा बस्न विवश बनाएको छ। क्रेमलिनका अनुसार जर्मनी लगायत पश्चिमी राष्ट्रहरूको विनाशकारी नीतिले किभलाई हतियारहरू प्रदान गर्दै सैनिकलाई प्रशिक्षण दिइरहेकोले वातावरण झन् बिग्रेको हो। मस्कोले रूसको नागरिक पूर्वाधारमा किभको उत्तेजक आक्रमणको प्रतिक्रियास्वरूप किभको पूर्वाधार आक्रमण लागि बाध्य र अपरिहार्य बनेको प्रतिक्रिया दिएको छ। राष्ट्रपति पुटिनले किभले पश्चिमी सहयोगीहरूबाट राजनीतिक र आर्थिक सहयोग लिइरहेका कारण वार्ताबाट समस्या समाधान गर्न अस्वीकार गरेको बुझिएको टिप्पणी गरेका छन्।