सत्ता गठबन्धनकै दोलखामा अग्रता

Share to:

रासंसा/दोलखा, मार्ग १७,

मुलुकमा दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय ७७ मत प्राप्त गरेका हुन्। हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन्। दोलखाको प्रदेशसभा (१) मा १९ हजार तीन सय ६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार तीन सय ६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार नौ सय एक मत ल्याएका छन्। दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। प्रदेशसभा (२) मा २४ हजार चार सय १० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार चार सय ७२ र एमालेका भरत केसीले नौ हजार आठ सय तीन मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियो।

Like