बरिष्ठ समाजसेवि तथा ब्यवसायि अन्जु गिरि क्षेत्रिबाट विद्यालयमा जाडोको न्यानो कपडा वितरण
पुष्करराज पाण्डे/मार्ग १०,
मुलुकमा समाजसेवीको मन कहाँ त्यसै बसिरहन्छ र समाजसेवा गर्नेतर्फ मन गइरहन्छ । तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नम्बर ११ मा रहेको तातोपानी प्राथमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर आलेको सभापतित्वमा वडा अध्यक्ष दलबहादुर दुराको प्रमुख आतिथ्यतामा त्यहा अध्ययनरत करिब १८ जना चेपाङ गरिब तथा पिछडिएका बालबालिक र सोहि वडामा रहेको श्री चण्डेश्वरि आधारभूत विद्यालयमा रामथुम्कि चन्डि भन्ज्याङ टोलका अध्यक्ष जित बहादुर दुराको सभापतित्वमा सो विद्यालयमा अध्ययनरत करिब २७ जना चेपाङ गरिब तथा पिछडिएका विद्यार्थी भाई बहिनिहरुलाई बरिष्ठ समाजसेवि तथा ब्यवसायि अन्जु गिरि क्षेत्रिज्युबाट जाडोको लागि न्यानो कपडा स्विटर तथा बिस्कुट, चक्लेटलगायत सामाग्रीहरु वितरण गरिएको छ ।

संस्कृतिक नृत्य प्रस्तुत गर्ने विद्यार्थी छात्राहरुलाई नगद समेत स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ जिल्ला अध्यक्ष एवं गूड हुमन अर्गनाईजेशन अध्यक्ष पुष्कर राज पाण्डे, समाजसेवि ब्यवसायि तथा गूड हुमन सस्थाका सदस्य शुसिल राना, प्राईम टि.भि तनहुका रिपोर्टर तथा दमौलि न्युज डट कमका सम्पादक बिकास खनाल, ब्यास नगरपालिका वडा नम्बर ११ दलित सघका सभापति प्रेम रुचाल, ब्यवसायि सिता पाहारि लगायत शिक्षक, अभिभावकहरुको उपस्थितिमा बितरण गरिएको थियो । उक्त कार्यक्रममा तातोपानी आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ता देबि शेढाई र श्री चण्डेश्वरि आधारभूत विद्यालयका प्रधानाध्यापक मिलन बहादुर आलेले स्वागत सम्मान र धन्यवाद दिनुका साथै दाता गिरि क्षेत्रीले विद्यालय र विद्यार्थीको अवस्था देखेर आफु थप चिन्तित भएको र आगामि दिनमा गुणस्तरिय शिक्षा, विद्यार्थी र विद्यालयका लागि थप सहयोग गर्दै जाने प्रतिद्दता गर्नुभएको थियो ।