मदनदास श्रेष्ठ मेयरका उम्मेदवारलाई विश्व हिन्दु महासंघको साथ

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २२,

विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ ।
महासंघले बिहीबार काठमाण्डौमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो । नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिनुभएको छ । मेयरका उम्मेदवार श्रेष्ठले भविष्यमा आफ्ना सन्ततीहरुको सपना साकार बनाउनका लागि अहिले बलिदान दिन पनि पछि हट्न नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः स्थापना हुने दाबी गर्नुभयो । उहाँले महादेवको कथा सुनाउँदै अब महादेवलाई एकपटक जगाउने बेला भएको बताउनुभयो । मेयरका उम्मेदवार श्रेष्ठले देशको शासन बाँदरले चलाइरहेको भन्दै अब राज्यमा सुशासन ल्याउन आवश्यक रहेको बताउनुभयो ।

Like