देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
रासंसा/काठमाण्डौ, श्रावण १८,
मुलुकमा विराटनगरको औद्योगिक घराना देवेनरा ग्रुपको आवासमा प्रहरीले छापा मारेको छ। विराटनगर महानगरपालिका-७ मा रहेको देवेनरा ग्रुपको आवासमा प्रहरीले सोमबार बिहान ५ बजेदेखि छापा मारेको हो। छापा मार्ने क्रम अहिले पनि जारी छ।यो समुहले तेल, साबुन, अगरबत्ती लगायत उत्पादन गर्छ। यही समूह नेपालको सबैभन्दा ठूलो चाँदी उधोग चलाउने समूह पनि हो। देवेनरा विराटनगरका उद्योगपतिहरू देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो। यी चार दाजुभाइ हुन्। प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष समेत हुन्।
Like
