अर्थतन्त्रइे-पेपरतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचार

भोटेकोशी बाढीमा बेपत्ता २० जनाको यकिन विवरण सिफारिसदेखि भिमादको विद्यालय पहिरो नियन्त्रणसम्मः तनहुँ विपद् व्यवस्थापन समितिका ७ निर्णय

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ

दमौली, तनहुँ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, तनहुँको मिति २०८३।०८।१० गते बसेको बैठकले भोटेकोशी नदीको बाढीमा बेपत्ता भएका तनहुँवासीको यकिन विवरण सिफारिस, भानुको पहिरो संरक्षण, ऋषिङका झोलुङ्गे पुल तथा भवन पुनर्निर्माण/जोखिम न्यूनीकरण, ढलेका रुखको काठ–दाउरा व्यवस्थापन तथा भिमादको विद्यालय पहिरो नियन्त्रणसम्बन्धी ७ वटा निर्णय गरेको छ ।
बैठकका मुख्य निर्णयहरू
निर्णय नं. १ः अघिल्लो बैठकको समीक्षा
अघिल्लो विपद् व्यवस्थापन समितिको बैठकका निर्णयहरूको समीक्षा गरिएको छ ।
निर्णय नं. २ः भोटेकोशी बाढीमा बेपत्ता २० जनाको यकिन विवरण सिफारिस
तनहुँ जिल्लामा स्थायी ठेगाना भई विभिन्न कामको सिलसिलामा रसुवालगायतका जिल्लामा गएका बेला मिति २०८३।०५।१० गते बिहान भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको यकिन गर्ने सम्बन्धमा “रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३” अनुसार सम्बन्धित स्थानीय तहबाट स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित प्राप्त विवरणलाई एकीकृत गरिएको छ । बैठकले संलग्न २० जना बेपत्ता व्यक्तिहरूको यकिन विवरणलाई बाँकी प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ ।
स्थानीय तहअनुसार बेपत्ता व्यक्तिहरूको विवरणः
१. व्यास नगरपालिका (२ जना)
१. किर्ती कुमाल (व्यास–५) — निवेदकः अम्बर बहादुर कुमाल (बुबा), कैफियतः श्रीनाथ गण
२. प्रताप थापा (व्यास–७) — निवेदकः कृष्ण बहादुर थापा (बुबा)
२. भानु नगरपालिका (१३ जना)
१. संजिव गुरुङ (भानु–१, भन्सार) — निवेदकः पूर्ण माया गुरुङ (आमा)
२. पुजा डंगोल(श्रेष्ठ) (भानु–१, भन्सार) — निवेदकः अशोक कुमार श्रेष्ठ (श्रीमान्)
३. सुस्मिता कुँवर (भानु–२, भकुन्चोक) — निवेदकः गोविन्द कुँवर (बुबा)
४. सन्देश नेपाली (भानु–२, भकुन्चोक) — निवेदकः बाबुराम नेपाली (बुबा)
५. बर्नाबास तामाङ्ग (भानु–४, भ्याकुते) — निवेदकः जितबहादुर तामाङ्ग (बुबा)
६. दिपेश ढकाल (भानु–५) — निवेदकः कृष्णहरि ढकाल (बुबा)
७. चिनु माया खत्री (भानु–८, बेलटार) — निवेदकः बाबुराम खत्री (श्रीमान्)
८. औरस भण्डारी (भानु–९, अर्चलेधारा) — निवेदकः गायत्री जोशी (आमा)
९. आयुष अधिकारी (भानु–९, रानीपानी) — निवेदकः मुकुन्द अधिकारी (काका)
१०. अनिल नेपाली (भानु–९, नेपालडाँडा) — निवेदकः बाबुराम नेपाली (बुबा)
११. सुजन नेपाली (भानु–९, नेपालडाँडा) — निवेदकः अर्जुन बहादुर नेपाली (बुबा)
१२. हरि सेडाई (भानु–१०, लौडारीभञ्ज्याङ्ग) — निवेदकः सिता सेडाई (श्रीमती)
१३. बिकास बाबु अधिकारी (भानु–११, रुपाकोट) — निवेदकः पूर्ण प्रसाद अधिकारी (बुबा)
३. शुक्लागण्डकी नगरपालिका (२ जना)
१. बिनु गुरुङ्ग (शुक्लागण्डकी–१२) — निवेदकः समृद्धि गुरुङ्ग (आमा)
२. पूर्ण काउरी गुरुङ्ग (शुक्लागण्डकी–१) — निवेदकः ईमान सिङ गुरुङ्ग (आमा)
४. बन्दीपुर गाउँपालिका (१ जना)
१. प्रताप थापा (बन्दीपुर–४) — निवेदकः उत्तर गुरुङ थापा (श्रीमती), कैफियतः अमल्दारश्रीनाथ १, ब्यारेक नं ,गण २८०३२०
५. आँबुखैरेनी गाउँपालिका (१ जना)
१. हरिश्चन्द्र खड्का (आँबुखैरेनी–३) — निवेदकः नैनध्वज खड्का (बाबु)
६. म्याग्दे गाउँपालिका (१ जना)
१. सुजन श्रेष्ठ (म्याग्दे–७) — निवेदकः सुष्मा थापा (श्रीमती)
निर्णय नं. ३ः भानुको पहिरो तथा घर क्षति सिफारिस र बिस्ने पहिरो संरक्षण बजेट अनुरोध
भानु नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको मिति २०८३।०८।०१, च.नं. ७४१ को पत्रानुसार स्थानीय विपद् व्यवस्थापन समितिको मिति २०८३।०७।११ गतेको निर्णय नं. १ अनुसार अविरल वर्षाका कारण घरमा क्षति भएका तपसिलका व्यक्तिहरूको विवरण सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ ।
अविरल वर्षा — पहिरो गएको (वडा नं. १): सरिना लामा, शुक्र लामा, रुपा तामाङ, भिम लामा, रूपक पन्त, सुरेन्द्र लामा, यम बहादुर तामाङ, सन्तोष तामाङ, देव कुमार पिया
हावाहुरी र वर्षा — घर क्षति (वडा नं. १२): भोज बहादुर अधिकारी
साथै, उल्लिखित भानु नगरपालिका वडा नं. १ सालबिस्ने भन्ने स्थानमा गएको पहिरोबाट बस्तिमा परेको असर र थप हुनसक्ने क्षति न्यूनीकरण गर्न संरक्षण कार्यका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँबाट गरिएको फिल्ड अनुगमन, सर्भे तथा नापजाँचअनुसार लागत इस्टिमेट तयार भई प्राप्त भएको कुल लागत रु. १६,६९,६२९.८१ (सत्र लाख उनान्सत्तरी हजार छ सय उनन्तीस रुपैयाँ र उनान्चासी पैसा) लाग्ने देखिएकाले गण्डकी प्रदेश सरकार मातहतको प्रदेश विपद् व्यवस्थापन कोषमार्फत भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँमार्फत कार्यान्वयन हुने गरी आवश्यक बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
निर्णय नं. ४ः विपद्‌मा क्षति भएका योजना तथा कार्यक्रमको अद्यावधिक प्रगति
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको मिति २०८३।०६।२० गतेको बैठकको निर्णयानुसार विपद्‌मा क्षति भएका योजना तथा कार्यक्रम छिटो प्रक्रियाद्वारा सञ्चालन गर्न विभिन्न निकाय तथा कार्यालयमा सिफारिस गरिएकोमा सोको अद्यावधिक प्रगति विवरण आगामी बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।
निर्णय नं. ५ः ऋषिङ गाउँपालिकाका संरचना पुनर्निर्माण, मर्मत र जोखिम न्यूनीकरण अनुरोध
ऋषिङ गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३।०६।२३ गते, च.नं. ४०२ को पत्रानुसार मिति २०८३ असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षाका कारण ऋषिङ गाउँपालिकाका देहायबमोजिमका संरचनाहरूको छोटो प्रक्रियाबाट तत्काल पुनःनिर्माण र मर्मत गर्न सम्बन्धित निकायमा सिफारिससहित अनुरोध गर्ने निर्णय गरिएको छ ।
क) झोलुङ्गे पुलतर्फ पूर्ण क्षति/जोखिम:
१. ऋषिङ–४ः गडगडीघाट झोलुङ्गे पुल (पूर्ण क्षति) — क) स्थानीय पूर्वाधार विकास विभाग श्रीमहल, ललितपुर; ख) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
२. ऋषिङ–४ः मधुवनटार झोलुङ्गे पुल (पूर्ण क्षति) — क) स्थानीय पूर्वाधार विकास विभाग श्रीमहल, ललितपुर; ख) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
३. ऋषिङ–३ः सोलुङ्ग बेसी/बेल्टार/बलिमराङ झोलुङ्गे पुल (पूर्ण जोखिम) — क) स्थानीय पूर्वाधार विकास विभाग श्रीमहल, ललितपुर; ख) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
४. ऋषिङ–४ः भिरकोटबेसी नारायणटार झोलुङ्गे पुल (पूर्ण क्षति) — क) स्थानीय पूर्वाधार विकास विभाग श्रीमहल, ललितपुर; ख) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
५. ऋषिङ–४ः रोमुङ्ग सिसराघाट विश्रामस्थल ठाँटी (पूर्ण क्षति) — स्थानीय पूर्वाधार विकास विभाग श्रीमहल, ललितपुर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिससहित अनुरोध गर्ने ।
ख) झोलुङ्गे पुलतर्फ आंशिक क्षति:
१. ऋषिङ–४ः सिरकोट बेसी सिगुवाटार झोलुङ्गे पुल (आंशिक क्षति) — क) स्थानीय पूर्वाधार विकास विभाग श्रीमहल, ललितपुर; ख) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
छ) भवनतर्फ भएका पूर्ण तथा आंशिक क्षति:
१. ऋषिङ–४ः रोमुङ्ग सिसराघाट विश्रामस्थल ठाँटी (आंशिक क्षति) — क) संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्की; ख) पूर्वाधार विकास मन्त्रालय, सिंहदरवार; ग) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
२. ऋषिङ–३ः मौरीवास आ.स्वा.चौकी भवन (पूर्ण जोखिम) — क) संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्की; ख) पूर्वाधार विकास मन्त्रालय, सिंहदरवार; ग) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
३. ऋषिङ–३ः शान्ति मा.वि भवन (पूर्ण जोखिम) — क) संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्की; ख) पूर्वाधार विकास मन्त्रालय, सिंहदरवार; ग) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
निर्णय नं. ६ः हावाहुरीले ढलेका रुखको काठ–दाउरा संकलन तथा बिक्री वितरण अनुमति सिफारिस
डिभिजन वन कार्यालय, तनहुँको च.नं. ६८० मिति २०८३।०८।१० को पत्रका सम्बन्धमा जिल्लाका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा मिति २०८३।०२।११ र १२ गते हावाहुरीका कारण रुखहरू ढलेको, उक्त रुखहरू तत्काल संकलन तथा व्यवस्थापन नगरेमा सडीगली जाने, नासिने तथा चोरी निकासी हुन सक्ने सम्भावना र आम्दानी तथा राजस्वमा क्षति पुग्न सक्ने हुँदा वन नियमावली २०७९ (तेस्रो संशोधन २०८२ समेत) को नियम १७ को उपनियम ३ तथा नियम ४८ को उपनियम ६ र ७ मा भएको व्यवस्थाबमोजिम डिभिजन वन कार्यालय, तनहुँको प्राविधिक सहयोगमा क्षति हुन पुगेको वन पैदावारको मापन तथा लगत मूल्यांकन विवरण पेस भएकाले निम्नबमोजिमका स्थानमा भएको क्षति भएको वन पैदावार वन निर्देशनालय गण्डकी प्रदेशबाट नियमानुसार चेकजाँच गरी संकलन तथा बिक्री वितरण अनुमतिको आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय, तनहुँमा सिफारिस गर्ने निर्णय गरिएको छ ।
विपद्‌का कारण ढलेका रुखहरूको काठ–दाउराको लगत मूल्यांकनः
१. बाघभञ्ज्याङ सा.व. व्यास २, ३, ४ तनहुँः जात — साल, रुख संख्या — १५४, काठको परिमाण (क्यू फिट) — ३०२०.७६, दाउराको मूल्यांकन परिमाण — ६.३७
२. अकला सा.व. व्यास–१ तनहुँः जात — साल, रुख संख्या — ६५, काठको परिमाण (क्यू फिट) — ९७०.०७, दाउराको मूल्यांकन परिमाण — २.२२
जम्मा (साल)ः रुख संख्या — २१९, काठको परिमाण — ३९९०.८३, दाउराको मूल्यांकन परिमाण — ८.५९
३. धरादीपाखा सा.व. व्यास–१३, तनहुँः जात — खोटसल्ला, रुख संख्या — ३१, काठको परिमाण (क्यू फिट) — ५३४.५३, दाउराको मूल्यांकन परिमाण — १.१४
कूल जम्माः रुख संख्या — २५०, काठको परिमाण (क्यू फिट) — ४५२५.३६, दाउराको मूल्यांकन परिमाण — ९.७३
निर्णय नं. ७ः भिमादको बाल शैक्षिक माध्यमिक विद्यालय पहिरो नियन्त्रण बजेट अनुरोध
भिमाद नगरपालिका वडा नम्बर ३ मा रहेको बाल शैक्षिक माध्यमिक विद्यालयमा आएको पहिरोका कारण उक्त विद्यालय जोखिमपूर्ण अवस्थामा रहेको हुँदा तत्काल पहिरो नियन्त्रणको कार्य नगरेमा विद्यार्थी, शिक्षक र विद्यालयको भौतिक संरचनासमेतमा ठूलो क्षति पुग्ने देखिएकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँबाट गरिएको फिल्ड अनुगमन, सर्भे तथा नापजाँचअनुसार लागत इस्टिमेट तयार भई प्राप्त भएको कुल लागत रु. २४,६३,१२३.५१ (चौबीस लाख त्रिहत्तर हजार एक सय तेईस रुपैयाँ र एकाउन्न पैसा) लाग्ने देखिएकाले गण्डकी प्रदेश सरकार मातहतको प्रदेश विपद् व्यवस्थापन कोषमार्फत भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँमार्फत कार्यान्वयन हुने गरी आवश्यक बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

Like