अपरिचित वस्तु रहस्यात्मक, प्रत्येक १८ मिनेटमा रेडियो तरंग पठाउने के हुनसक्ला ?
एजेन्सी,
सन् २०१८ को मार्चमा घुमिरहेको अन्तरिक्ष वस्तु देखा परेको थियो । यसले प्रत्येक घण्टा तीन पटक विकिरण निकाल्ने गर्दथ्यो । त्यतिबेला यसले अन्तरिक्षको लाइटहाउसको जस्तो काम गर्यो । यससँगै यो यो पृथ्वीबाट देख्न सकिने रेडियो तरंगको चहकिलो स्रोत बन्यो । ब्रह्माण्डभरी रेडियो तरङ्गको म्यापिङ गर्दा खगोलविदहरुले एउटा खगोलीय वस्तु फेला पारेका छन् जसमा उर्जाको विशाल विष्फोट हुने गरेको पाइएको छ । यस्तो घटना उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । खगोलविद्हरुले यसलाई झरेको ताराको टुक्रा माने । यो ताराहरुको ठूलो समूह वा मृत सानो तारा हुन सक्ने अनुमानसमेत गरियो । यस्तै यो बलियो चुम्बकीय क्षेत्र तथा अन्य केही हुन सक्ने ठानियो । यो तथ्य बुधबार नेचर जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष हो । ‘यो पूर्ण रुपमा अप्रत्याशित थियो । यो खगोलविद्हरुका लागि पनि डरलाग्दो किसिमको थियो । किनभने आकाशमा यस्ता गतिविधिका लागि ज्ञातमा रहेका त्यस्ता कुनै वस्तु पनि थिएनन् । यो हाम्रो अत्यन्त नजिक पनि थियो । यो ४००० प्रकाश वर्ष पर रहेको थियो । ‘यो वस्तु हाम्रो अवलोकनको समयमा केही घन्टाको अवधिमा देखा पर्दै हराउँदै गर्ने गरेको थियो,’ अध्ययनका लेखक नातासा हर्ली वाल्पकरले बताइन् । उनी कर्टिन युनिभर्सिटी नोड अफ द इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्चका लेखिका हुन् । ‘मैले गत वर्गा पहिचान गरेको स्रोत एउटा विचित्र वस्तु रहेछ भन्ने थाहा पाउनु एक रोमाञ्चक अनुभव हो,’ ओडहर्टिनले एक वक्तव्यमा जानकारी दिए । चम्किरहने अंतरिक्ष वस्तुहरु जुन निभ्ने बल्ने भइरहन्छन्, त्यसलाई ट्रान्सियन्ट भनिन्छ । कुर्टिन युनिभर्सिटीका विद्यार्थी टिरोन ओडहर्टिले असामान्य खोज गरेका थिए । उनले पश्चिम अस्ट्रेलियाको बाहिरी भागमा मर्चिसन वाइल्डफिल्ड एरे दुरबिन प्रयोग गर्दा यो पत्ता लगाएका हुन् ।
‘सुपरनोभा जस्ता ‘स्लो ट्रान्सियन्ट’ केही दिनको अवधिमा देखा पर्न सक्छ र केही महिनापछि हराउने गर्छन् । न्युटन ताराजस्ता पल्सर भनिने ‘फास्ट ट्रान्सियन्ट’ सेकेन्डभरमा निम्भे बल्ने हुने गर्छन् । ‘ट्रान्सियन्ट बारे अध्ययन गर्दा तपाईंले ठूलो संख्यामा मृत ताराहरु देख्न पाउनु हुनेछ ,’ अध्ययनका सह लेखक जेमा एन्डरसनले बताए । शोधकर्ताका अनुसार उनीहरुको अवलोन अल्ट्रा–लङ्ग पिरियड म्याग्नेटरको परिभाषासँग मेल खान्छ । म्याग्नेटर साधारणतया सेकेन्डभरमा चम्किन्छ तर यो वस्तुले समय लिइरहेको थियो । यो नयाँ अचम्मको चम्किलो वस्तु भने प्रत्येक १८ मिनेटको अवधिमा देखा पर्छ । के यो वस्तु त्यही समयावधिमा चम्किरहन्छ त भन्नेबारे थप अनुसन्धानका लागि शोधकर्ताले आफ्नो निगरानी जारी राख्नेछन् । उनीहरुले अन्य समान वस्तु छन् कि भनेर पनि अनुसन्धान गर्नेछन् । यो एक प्रकारको बिस्तारै घुम्ने न्युट्रन तारा हो जसको सैद्धान्तिक रुपमा अस्तित्वमा आउने भविष्यवाणी गरिएको छ, ’ हर्ले–वाकरले भने । ‘तर कसैले पनि यस्तो प्रकारको वस्तुबारे पत्ता लगाएको थिएन किनभने हामीले यस्ता वस्तु यति सम्मको चम्किलो होलान् भन्ने आशा गरेका थिएनौँ । यसले चुम्बकीय ऊर्जालाई रेडियो तरङ्गमा परिवर्तित गरिरहेको छ त्यो पनि हामीले पहिला देखेकोभन्दा निकै प्रभावकारी ढङ्गले ।’ हर्ले–वाकरले भने, ‘थप अनुसन्धानले यो एक दुर्लभ घटना थियो वा एक विशाल नयाँ जनसंख्या जसलाई हामीले पहिले कहिल्यै देखेनौँ भन्ने जानकारी दिनेछ । ’