सुनको मूल्य नौ सयले घट्यो

Share to:

रासंसा/काठमाण्डौ, माघ १३,

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ। जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ९०० थियो। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९३ हजार ५०० तोकिएको छ। सुनको मूल्य अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो। त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ।

Like