गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूको मुर्ति पदापण, प्रमुख अतिथि शिवशंकर निलकण्ठ बाबा
रासंसा/काभ्रेपलान्चोक, बैशाख २०,
मुलुकमा धार्मिक अनुष्ठान विभिन्न स्थानमा हुने गर्दछन । विश्व शान्ति ध्यान केन्द्र काभ्रेपलान्चोक संखुले नयाँवर्ष २०७९ बैशाख २० गते आज मङ्गलवारका दिन अक्षय तृतियाको पावन अवसरमा परमपूज्य गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूको २१ औं पूण्यतिथिको शुभ उपलक्ष्यमा मुर्ति पदापण हुने कार्य सम्पन्न भएको छ । विश्व शान्ति ध्यान केन्द्रका अध्यक्ष एवं स्वामी सच्चिदानन्द विशुद्कादेवका प्रथम शिष्य स्वामी कल्याण मित्रको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि हंसदा योग आश्रमका प्रमुख संरक्षक शिवशंकर निलकन्ठ बाबा हुनुहुन्थ्यो । कार्यक्रममा मात्रिशक्तिहरुका तर्फबाट पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकि संरक्षक माता भद्रकाली, मात्रिशक्ति समितिकी संयोजक माता सावित्री दक्षिणकालीको विशेष आतिथ्यता थियो । यस्तै हंसदा योग आश्रमका संरक्षक स्वामी सत्यानन्द जी महाराज चरित्र निर्माण संघका उपाध्यक्ष हिक्मद सिंह, महासचिव रमेश कुमार नकर्मी, सल्लाहाकार उद्दव प्रसाद भट्टराई, कृषि विकास बैंकका संचालक विनोद गुरागाईं एवं स्कोवामी बि. सी. पण्डितको अतिथिको आतिथ्यता थियो । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२ स्थित विशुद्द दिव्य धाम संखुमा स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूको मुर्ति प्राण प्रतिष्ठा, पुजा, यज्ञहवन, रुद्राभिषेकको कार्यक्रमका साथ् मुर्ति पदापण भयो । परमपूज्य गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूका प्रथम शिष्य स्वामी कल्याण मित्रज्युले प्राविधिक कारणले मुर्ति निर्माण गरि नसकेता पनि पदापण गर्न गुरुबर्गहरुले कुनै अन्य विधिविधान गरि कुशलाई अर्पण गरेर पछी मुर्ति ल्याएर सो कुशलाई मुर्तिमा समर्पण गरि निर्माण गर्न सकिने बताउनुभयो । सो कार्यक्रममा समस्त तह पदीय व्यक्ति व्यक्तित्वहरुलगायत परमपूज्य गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूका शिश्यहरु उपस्थित भएका थिए । कार्यक्रमको अघिल्लो दिन हिजो रुद्राभिशेक तथा पूजा पाठ सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय गान, ब्याच वितरणपश्चात आयोजक संस्थाका सचिव राम प्रसाद शर्माले स्वागत मन्तब्यबाट उपस्थित सबै किसिमका अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि विशेष अतिथि एवं अतिथिगणहरुले मुर्ति स्थापना स्थानमा दीप प्रज्वलन गर्दै स्वामी सच्चिदानन्द विशुद्ददेवको फोटोमा अनावरण गरि गुरुबर्गहरु काशी लामिछाने, राजन लामिछाने र भारत अधिकारीबाट स्वस्तिवाचन गरिएको थियो । कार्यक्रममा सम्मानित स्रस्टाद्वय व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसी र प्राकृतिक चिकित्सक बिक्रम देउबंजालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा विश्व शान्ति ध्यान केन्द्रको योगाभ्याशालायाको पनि समुद्घाटन गरिएको थियो भने कार्यक्रममा विशुद्दपनिषद पाठ गीता शक्ति माता, गीता शान्ति माता तथा माया वादे श्रेष्ठबाट गरिएको थियो । यसै सन्दर्भमा हंसदा योग आश्रमबाट प्रकाशित चरित्र संदेश पुस्तकको विमोचन पनि गरिएको थियो । कार्यक्रममा सम्मानित स्रस्टा डा. इन्दुल केसीले स्वामी सच्चिदानन्द विशुद्ददेवलाई संस्मरण गर्दै स्व्सामिज्युले आफु समाधि हुने समयलाई बताउनुभएको थियो भन्नुभयो । चरित्र निर्माण संघका महासचिव रमेश नकर्मीले स्वामी सच्चिदानन्द विशुद्ददेव गुरुको ति दिव्य कार्यक्रमले विश्वमा कहिल्यै विर्सन नसक्ने यादहरु छोडेर जानुभएको छ जसले हामि मानव जातिलाई सधै स्मरण भैरहन्छ । संघका उपाध्यक्ष हिक्मत सिंहले मुर्ति समयमा ल्याउन नसक्दाको पीडा पोख्दै लगातार पनि परेका कारण मुर्तिमा गर्नुपर्ने कामहरु बाँकी रहेकाले समयमा ल्याउन नसकेको बताउदै स्वामी सच्चिदानन्द विशुद्ददेवलाइ आफुले भोगेका कुराहरु स्मरण गर्नुभयो । हंसदा योग आश्रमका संरक्षक स्वामी सत्यानन्द जी महाराजले हातमा काम मुखमा राम मूल मन्त्रलाई ध्यानमा राखी हामीले स्वामिज्युका दिव्य बाणीलाइ कार्यान्वयन गर्नसके जीवनयापन गर्न सकिने बताउनभयो । प्रमुख अतिथिको आशनबाट हंसदा योग आश्रमका प्रमुख संरक्षक शिवशंकर निलकण्ठ बाबाले मानिसका नराम्रा बानिहरुलाई त्यागेर राम्रा बानिहरुको कार्यान्वयन गर्योभनेमात्र गुरुहरुको सहि बाटो पक्डन सकिन्छ र जीवन साकार गर्नसक्ने बताउनुभयो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति चरित्र निर्मण संघका समेत अध्यक्ष स्वामी कल्याण मित्रले कार्यक्रममा स्वामिज्युका कुराहरुलाई संस्मरण गर्दै योग ध्यान, तपस्या, अनुष्ठान नै विश्व शान्तिको बाटो हो जसले स्वामिज्युका ति दिव्य बाणीहरुको कार्यान्वयनमा पूर्णता दिन्छ भन्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम पशुपति अन्नपूर्णा आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राटले सभ्य रुपमा भव्यताका साथ् संचालन गर्नुभएको हाम्रा संबाददाता अर्जुन भुसालले बतानुभयो ।