देउवा पक्षको पोखरामा गण्डकी प्रदेशस्तरीय बृहत्तर भेला सम्पन्न

Share to:


अन्जनराज न्यौपाने
कास्की


​पोखरा, जेठ ९ गते
​नेपाली कांग्रेसको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्ने उद्देश्यका साथ पोखरामा शनिबार ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावि कार्यदिशा’ बिषयक प्रदेशस्तरीय बिचार गोष्ठी एवं भेला सम्पन्न भएको छ।
​पार्टीका वरिष्ठ नेता डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित उक्त भेलामा कांग्रेसका प्रभावशाली नेताहरू, जिल्ला सभापतिहरू र गण्डकी प्रदेशका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
​एकताको सन्देश
भेलाको मुख्य आकर्षण पार्टीभित्र देखिएका फरक मत र गुटगत संरचनालाई चिर्दै बृहत्तर एकताको सन्देश दिनु रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतका साथै काठमाडौँ जिल्ला सभापति दुर्लभकुमार थापा, स्याङ्जा जिल्ला सभापति राजु थापा, म्याग्दी जिल्ला सभापति जीतबहादुर शेरचन लगायतको उपस्थिति थियो।
​विशेष गरी संस्थापन पक्षका सभापति शेरबहादुर देउवा र संस्थापन इतर पक्षका डा. शेखर कोइराला निकट मानिने नेता तथा प्रतिनिधिहरूको एकै मञ्चमा उपस्थिति हुनुलाई पार्टीमा एकताको प्रयासका रूपमा लिइएको छ।
​भेलाका मुख्य पक्षहरू:
​प्रमुख अतिथि: डा. शशांक कोइराला
​सहभागिता: नेता मोहनबहादुर बस्नेत, विभिन्न जिल्लाका सभापतिहरू तथा प्रदेशस्तरीय नेताहरू।
​उद्देश्य: पार्टीको भावी कार्यदिशा निर्माण र संगठन सुदृढीकरणका लागि बृहत्तर एकता कायम गर्ने।
​कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनमा नेपाली कांग्रेसलाई थप बलियो, अनुशासित र जनतासँग जोडिने पार्टीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्रको एकता नै देश र जनताका लागि अपरिहार्य रहेको निष्कर्ष भेलाले निकालेको छ।

Like