स्टेप बाइ स्टेप विद्यालय सभा निर्वाचन २०८३ सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ,ज्येष्ठ ९,

मतदाता शिक्षा सहित निर्वाचन प्रणालीको जानकारी दिने उद्देश्यका साथ कक्षा मनिटर छात्र/छात्रा पहिलो चरणमा र हाउस क्याप्टेन भाइस क्याप्टेन दोस्रो चरणमा गरी स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय सभा निर्वाचन २०८३ सम्पन्न गरेको छ ।

विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरमा उल्लेख भएको र बालबालिकालाई प्रत्यक्ष संलग्न भएर मतदान शिक्षा सिकाउने उद्देश्य बमोजिम सो निर्वाचन २०८३ जेठ ८ गते शुक्रबार विद्यालय परिसरमा आयोजना भएको थियो । विद्यालयमा नर्सरीदेखि १० सम्म १७०० विद्यार्थी सङख्या रहेको भएतापनि उक्त निर्वाचनमा कक्षा २ देखि १० सम्मका १२०० विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । उक्त निर्वाचनको प्रमुख निर्वाचन आयुक्तमा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री कृष्णप्रसाद पोखरेलज्यू हुनुहुन्थ्यो, प्रथम चरणको मतदानमा कक्षा २ देखि १० सम्म अध्यापन गराउने कक्षा शिक्षकहरु मतदान अधिकृत रहनुभएको थियो भने दोस्रो चरणको निर्वाचनमा सम्बन्धित हाउसका हाउस फादरहरुलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो । निर्वाचनमा विद्यार्थीहरुलाई विभिन्न भूमिकामा वर्गीकरण गरी निर्वाचनलाई सञ्चालन गरिएको थियो । विद्यालयका करिब ५० जना स्काउटहरुलाई म्यादी प्रहरी र मतदान सुरक्षाकर्मीको जिम्मेवारी दिइएको थियो भने निर्वाचन पर्यवेक्षकको भूमिकामा कक्षा ११ मा अध्यापन गराउनुहुने शिक्षकहरु हुनुहुन्थ्यो ।

शुक्रबार सम्पन्न सो पहिलो चरणको निर्वाचनबाट कक्षा २ को कक्षा मनिटरमा जोस्ना थापा र सागर थापा, कक्षा ३ बाट प्रशंसा भट्टराई र प्रभास सापकोटा, कक्षा ४ बाट स्काइलर सापकोटा र अन्भी सापकोटा, कक्षा ५ बाट आदिप विश्वकर्मा र आयुष्मा तामाङ, कक्षा ६ बाट श्रीया सुवेदी र आर्जन सुवेदी, कक्षा ७ बाट सोयम अधिकारी र सोनिशा बि.क., कक्षा ८ बाट प्रमिशा आले मगर र श्रेजल न्यौपाने, कक्षा ९ बाट आर्या अधिकारी र लुइस गुरुङ, कक्षा १० बाट असिन गुरुङ र राजविन थापा क्रमशः छात्र र छात्रा मनिटर निर्वाचित भएका थिए ।

दोस्रो चरणको हाउस अनुसारको निर्वाचनमा कक्षा ६ गरिएको थियो जसमा रेड हाउस क्याप्टेनमा कनिस्का भारती र भाइस क्याप्टेनमा प्रज्ञान काफ्‌ले, ग्रिन हाउस क्याप्टेनमा गृष्मा पौडेल र भाइस क्याप्टेनमा आयान्स थापा, ब्लु हाउस क्याप्टेनमा रागिनी यादव र भाइस क्याप्टेनमा सौगात थापा, एल्लो हाउस क्याप्टेनमा आकृति सुवेदी र भाइस क्याप्टेनमा नवकिरण खनाल निर्वाचित भएका थिए । निर्वाचनमा निर्वाचित सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा आफ्‌ना धारणा राख्दै विद्यालय सभा निर्वाचन आयुक्त एवम् विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री कृष्णप्रसाल पोखरेलले यस किसिमको क्रियाकलाप नेपालको संवैधानिक प्रणालीअनुसार जुन विद्यार्थी सभाको निर्वाचन विद्यालयमा गरिएको छ यसले विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्न सकेकोमा आफू खुसी भएको र सबै सहयोगी शिक्षक कर्मचारी र निर्वाचन सामग्री उपलब्ध गराउने निर्वाचन कार्यालय चितवनलाई धन्यवाद अर्पण गर्नुभयो ।
कार्यक्रममा आफ्‌ना धारणाहरु राख्दै विद्यालयका प्राचार्य श्री कृष्णप्रसाद भट्टज्यूले, प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई सिकाउने उद्देश्यका साथ सो निर्वाचन कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता व्यवहारिक र उपलब्धीमूलक कार्यक्रमलाई विद्यालयले प्राथमिकतामा राखी निरन्तरता दिने कुरा व्यक्त गर्दै राष्ट्रिय निर्वाचनकै शैलीमा विद्यालयले निर्वाचन सम्पन्न गरेकोेमा आफू अत्यन्त हर्षित भएको र यस किसिमको ओझपूर्ण कार्यक्रम गर्ने निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।

Like