Wednesday, October 21, 2026
Latest:
अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

विश्वकप खेल्ने नेपाली टोली घोषणा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १९,

मुलुकमा नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपालले अर्को महिना अमेरिका र वेस्ट इज्डिजमा हुने टी-२० विश्वकप खेल्दैछ। नेपालले समूहचरणमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग खेल्नेछ। टोलीमा सागर ढकाल र कमलसिंह ऐरी समेटिएका छन्। टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहोरा, सागर ढकाल र कमल सिंह ऐरी छन्।

Like