प्रधानमन्त्री ‘चुच्चे नक्सालाई मान्यता नदिएसम्म चीन भ्रमणमा जान हुँदैन’

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १८,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन्। सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठ्ने बताएका हुन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरे मात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरेका हुन्। अन्यथा प्रधानमन्त्री दाहालमाथि तत्कालीन मन्त्रीपरिषद् र संसद्को शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्सालाई अस्वीकार गरेको ठहर्ने उनको भनाई थियो। प्रमुख सचेतक शाहीले प्रधानमन्त्री दाहालले सत्ता टिकाउने कामका लागि विदेश भ्रमण गर्न नहुने पनि बताए।

Like