राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड भेट
रासंसा/काठमाण्डौ, भाद्र १८,
मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । साथै उनीहरु देशको समसामयिक, राजनीतिक विषयमा पनि कुराकानी भएको छ । यही ३० भदौमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्। त्यतैबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमण’bout राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
Like