संस्कृति संरक्षण तथा सामाजिक बिकास केन्द्र नेपालको नवौ बार्षिकोत्स्व सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ८,

मुलुकमा संस्कृति संरक्षण तथा सामाजिक बिकास केन्द्र नेपालको नवौ बार्षिकोत्सव राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा सम्पन्न भयो । संस्कृति संरक्षण तथा सामाजिक बिकास केन्द्र नेपालको केन्द्रीय कार्यालय तारकेश्वोर नगरपालिका वडा नं.८ स्थित डाँडागाउँमा रहेको संस्थाको स्थापना २०७० सालमा भएको हो । संस्थाको नवौ बार्षिकोत्सवमा साधारणसभाको पनि आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाकी किन्द्रिया अध्यक्ष सीता सुनुवारले गर्नुभएको थियो भने प्रमुख अतिथि पुर्व जर्नेल धरम बहादुर बानियाँको थियो । बिशेष अतिथि रिटायर्ड क्लब नेपालका अध्यक्ष एवं वरिष्ठ संचारकर्मी वरिष्ठ समाजसेवी के. बि. सम्राट, पशुपति अन्नपुर्णा आश्रमकि केन्द्रीय सदस्य एवं धार्मिक समितिकि संरक्षक माता भद्रकाली, रन बहादुर चन्द , रोहित थापा , इन्द्रबहादुर थापा छन् । अतिथिहरुमा राम कृष्ण उपाध्याय, उमा श्रेष्ठ, उमा श्रेष्ठ (हेमा), कान्त ब. पौंडेल, कृष्ण के,सी, रास्ट्रिय कलाकार लोक गायीका देवी हमाल, लोक गायीका राधा हमाल बानियाँ महेन्द्र केसी, धार्मिक अभियान्ता इन्द्रबहादुर सापकोटा,स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश बिक्रम कुंवर, धार्मिक अभियन्ता पुर्वसचिव बल बहादुर कार्की, सिद्ध काली माता मिम मायाँ महर्जन, माता अनिता थापा, माता सन्तोषी बसन्ती वान्त, माता यज्ञ लक्षमी कुवर, समाज सेवि जानुका लामीछाने, समाज सेवी शिक्षक मिना पुन (चन्द ), समाज सेवि साधना पराजुली लगायत संस्थाका कार्य समिति सदस्यहरुको सहभागी रहेको थियो । बार्षिकोत्सवको कार्यक्रमको संचालन समाजसेवि मानवअधिकारकर्मी मनु बाँठा मगरले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थापक महासचिव पदम नाथ अगस्तिले गर्नु भएको थियोे । कार्यक्रममा दीप प्रज्वलन गरेर प्रमुख अतिथि, विशेष अतिथि र अतिथि हरुबाट कार्यक्रम सामुदघाटन भएको थियोे भने रास्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा कला साँस्कृति लाई उजागर गर्न संरक्षण गर्न झाँकी प्रदर्शन भएको थियोे । कार्यक्रममा मंताब्यकारह्रुले नेपालको मौंलिक धर्म साँस्कृतिक जोगाउनु पर्ने धामीझाँक्री तथा सामाजिक बिकास गर्नु पर्ने, बोक्सी आरोपको अन्त्य हुनुपर्ने, महिला हत्या हिंसाको अन्त्य हुनुपर्ने, भेदभाव छुवाछूतको अन्त्य हुनुपर्ने भन्दै, यस संस्थाले बिभिन्न जात जातीयको निम्ति धर्म लाई संरक्षण गर्न देशको बिकास मा सहयोग गर्न र आन्तरीक र बाह्य पर्यटनको आगमन स्वागत कला धर्म संस्कृतिलाई संरक्षण गर्न संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । संस्थाको सो साधारण सभाले कृष्ण प्रसाद पाण्डेको एक सदस्यीय निर्वाचन समिति गठन गरि प्रमुख निर्वाचन अधिकृत तोकिएपश्चात् नवौ बार्षिक साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्षमा सिता सुनुवार, उपाध्यक्षमा बिमला गमाल, महासचिवमा मन्जु राना सचिवमा पुनम सुनुवार र कोषाध्यक्षमा दान कुमारी मगर निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा बिष्णु रसाइली, मिस्लिङ तामाङ, कबिता आले मगर, राम बहादुर ग्यामी मगर, राधिका घिमिरे रहेका छन् । संस्थापक सदस्य मा लक्षमण थापा (पुर्व सह सेनानी), कुसुम लामा, रोज लामा, नेत्र तामाङ तथा संस्थापक निर्देशक कृष्ण पाण्डे, संस्था संरक्षक तथा सल्लाहकार पदम नाथ अगस्थी रहनु भएको छ । संस्थाको प्रमुख सल्लाहकारमासम्राट बरिष्ठ समाजसेवी के. बि. सम्राटलाइ मनोनित गर्न संस्थाका नव निर्वाचित कार्यसमितिले अनुमोदन गर्ने गरि निर्णय गरिएको छ । वार्साषिकोत्धासवमा प्रमुख निर्वाचन अधिकृत एवं संस्थाका निर्देशक कृष्ण प्रसाद पाण्डेले नयाँ कार्यसमितिका नव निर्वाचत पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अतिथिहरुले शुभकामना मन्तब्यका साथै अति समय सान्दर्भिक तरिकाबाट धर्म संस्कृतिलाई बचाउन पर्छ भन्नु भएको थियो । यस संस्थाको उद्वेश्य धामीझाँक्री देव माता लामा ज्योतिष (पण्डित उत्थान गर्दैं धार्मिक बिस्वास राख्नुपर्छ र नेपाली कला संस्कृतिको संरक्षण गर्नुपर्छ, नेपाली कला मौंलिकता परम्परा रितिरिवाज भाषा समेटिएको संस्कृतिक संग्राहलयको निर्माण गरि विद्यालय र विश्व विद्यालयमा प्रोत्साहित हुनमा जोड दिनुभएको थियो ।

Like