३९० क्याप्सुल ट्रामाडोलसहित एक जना पक्राउ*

Share to:

अन्जनराज न्यौपाने
जेठ १ गते शुक्रबार

*तनहुँ* – मुग्लिन पुलजिपको टोलीले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गा.पा.-४ बेनीटारमा चेकजाँचका क्रममा ३९० क्याप्सुल ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख *एसपी टेकबहादुर कार्की*का अनुसार मिति २०८३/०२/०१ गते बिहान करिब २:३० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ प २९७ नम्बरको पर्यटन बसलाई रोकी चेकजाँच गरिएको थियो।

सोही क्रममा बसमा सवार कास्की पोखरा महानगरपालिका-१४ बस्ने २५ वर्षीय *पारस रानाभाट*को ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा लागुऔषध ट्रामाडोल फेला परेको हो।

शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्दा लागुऔषध फेला परेपछि रानाभाटलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि *इलाका प्रहरी कार्यालय आँबुखैरेनी* पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Like