उमेश श्रेष्ठलाई कांग्रेस कोषाध्यक्षमा मनोनयन
रासंसा/काठमाण्डौ, ज्येष्ठ २,
मुलुकमा नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा पुर्व राज्यमन्त्री तथा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ । सभापति गगन कुमार थापाले मनोनयन गरेका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष थिए । श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ । पार्टी सभापति गगनकुमार थापाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले हामीलाई जानकारी दिए ।
Like