ब्यास सिकाई केन्द्रद्वारा ५ दिने भाषण कला तालिम आयोजना
अन्जनराज न्यौपाने/तनहुँ, चैत्र १४,
ब्यास सामुदायिक सिकाइ केन्द्र को अायोजना र ब्यास नगरपालिका वडा नम्बर -४ को सहयोगमा नेतृत्व विकास तथा प्रभावकारी भाषण कला तालिम अायोजना गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै ब्यास -४ का वडा अध्यक्ष मनबहादुर गुरुङले नेतृत्व दायी भाषण कला र तालिमले ब्यास -४ का १६ टोलका ३२ जना प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गराई फलदायी प्रशिक्षण प्रदान गरिएको प्रति खुसी ब्याक्त गरे। प्रमुख अतिथि वडा अध्यक्ष मानबहादुर गुरुङले तालिमले प्रत्येक टोलटोलमा रहेका क्रियाशील सामाजिक अभियान्ता एब्म् अगुवाहरुलाई थप हौषला प्रदान गरि अाअाफ्नो टोलमा तालिम पश्चात् ब्यबहारिक सीप सिकाउन ,ब्याक्तिलाई अात्मनिर्भर बनाउन ,सामाजिक सहिष्णुता र सामाजिक एकता अपनाउन तालिमले महत्त्वपूर्ण भुमिका खेलेको बताए । उक्त ५ दिने भाषण तथा तालिम पत्रकार मधु अधिकारीले दिएका हुन्।


कार्यक्रममा शिक्षा तथा सामाजिक सिकाइ शाखाका प्रमुख नवीन पराजुली ,ब्यास सामुदायिक सिकाई केन्द्रका सदस्य राजु ढकाल ,ब्यास -४ कि वडा सदस्य गौकुमारी न्यौपाने ,ब्रामण समाजका केन्द्रीय सदस्य डा,लक्षमी कान्त चापागाईं लगाएतका वक्ताहरुले ब्यास सामुदायिक सिकाइ केन्द्रले समय सायमा बैज्ञानिक ,ब्यवहारिक र सामाजिक नेतृत्वदायी तालिम प्रदान हुदा समाजमा रुपान्तरण भएको बताए ।विभिन्न खाले तालिमले अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन फलदायी भए र अात्म बल दरो बनाउन सहयोग पुगेकोमा अाअाफ्नो धारणा राखेका थिए। कार्यक्रम ब्यास सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष माधव न्यौपानेको सभापतित्वमा भएको थियो ।