गठबन्धनको बैठक बसेर मंत्रिमंदलको भागबन्डा टुंग्याउने, सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १४,

मुलुकमा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् । तीन शीर्ष नेता बीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन । दाहालले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग परामर्श गरेका हुन। चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन् ।

Like