आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २९,

आकाश पन्चतत्व मध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्त्व हो । आकाश अनि अन्तरिक्षले मानवको मस्तिष्कमा धेरै कौतुहलता र प्रश्नहरू उत्पन्न गरेको छ । चन्द्र छुने इच्छा, आकाश टेक्ने अनि बादलहरू माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सूत्रहरू, मानवले सधैँ खोजिनै रहेको हुन्छ ।
अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो। सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र सङ्घको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको हो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भनेँ पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।
सन् १९८३ मा, नेपाल बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोग को लागि संयुक्त राष्ट्र समितिको सदस्य भएको हो । यस सङ्गठन बाह्य अन्तरिक्षको शान्तिपूर्ण अन्वेषण र प्रयोगमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न जिम्मेवार छ। सन् २०१२ मा, नेपालले आफ्नो पहिलो स्याटलाइट ग्राउन्ड स्टेसन काठमाडौँमा स्थापना गर्‍यो, रिमोटसेन्सिङ उपग्रहहरूबाट मौसम पूर्वानुमान, विपद् व्यवस्थापन र कृषि जस्ता विभिन्न अनुप्रयोगहरूको लागि डाटा प्राप्त गर्न यस स्टेसन स्थापना गरिएको थियो। सन् २०१९ मा नेपालको पहिलो भूउपग्रह नेपालीस्याट–१ जापानले अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का नेपाली विद्यार्थीहरूले डिजाइन र निर्माण गरेको उक्त भूउपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएस बाट प्रक्षेपण गरिएको हो ।
आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यस बेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो, उनले यही योगदानको लागी हिरो अफ सोभियत युनियनू शीर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र सङ्घको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको सङ्कलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ। आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ ।यसै गरी अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मङ्गल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ ।
सन् २०२३ को पेरिफेरिमा चाँही त्रिभुज आकारको नेपाली झन्डाका सूर्य र चन्द्रमा सहितको नेपाली विद्यार्थीले डिजाइन गरेको भूउपग्रहहरू छिट्टै कक्षमा जाने भएका बताइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा क्युब स्याटेलाइट परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने यो दोस्रो सानो यान हो ।

Like