थप चार जना नेपालीलाई गर्‍यो अमेरिकाले निष्कासन

Share to:

रासंसा/काठमाण्डौ, बिशाख १४,

मुलुकमा अमेरिकाले थप चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। फर्काइएका नेपालीहरू गैरकानुनी रूपमा अमेरिका बस्दै आएका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको ह। ट्रम्प प्रशासन लागू भएदेखि गैरकानुनी रूपमा बसिरहेका नेपालहरूलाई धमाधम फर्काइँदैछ। अमेरिकी अध्यागमले यसअघि दुई पटक चार्टर्ड विमानमार्फत नेपालीलाई नेपाल ल्याइपुर्‍याएको थियो। निष्कासनमा पर्नेमा बुढा मगर, बोहोरा, बुढा पुन र वली थरका एक-एक जना रहेका छन्। उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। एकपटक ११ जना र दोस्रोपटक ३ जना नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको थियो। केही नेपालीहरूलाई भने विभिन्न एयरलायन्सबाट नेपाल निष्कासन गरिँदै आएको ।

Like