सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता जारी

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १३,

मुलुकमा सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता जारी रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा केहि समय अगाडि बैठक सुरु भएको हो । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका हुन्। शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए। संसद् भवन परिसरमा मन्त्री पन्तले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ। शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’ वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलन शिक्षकहरू रहेका छन्। गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौंमा आन्दोलनमा रहेका छन्।

Like