काठमाडौं स्वयम्भुबाट काभ्रेपलान्चोक नामोबुद्दसम्म नेपाल शान्ति दीप पदयात्रा हुँदै

Share to:

प्रताप रानामगर/काठमाण्डौ, आश्विन ०३,

मुलुकमा काठमाण्डौ स्वयम्भू आनन्दकुटी बिहारको प्राङ्गणबाट तीनदिने सांस्कृतिक दीप पदयात्रा हुने भएको छ । आश्विन ५ गते (२१ सेप्टेम्बर), शनिवार बिहान ०७ः०० बजे जम्मा भई पदयात्रा हुने आयोजकले जनाएको छ । वौद्ध धर्मका लागि विश्व समाजको आयोजनामा कार्यक्रम हुन लागेको विश्व बुद्दिष्ट फोरमका उपाध्क्ष आर के शाक्यले बताउनुभयो ।

सेभ द नेशन टेलिभिजनलाई दिएको अन्तरवार्तामा सो कुरा बताउनु भएको हो । विश्व शान्तिको मुख्य उद्देश्यका साथ नेपाल शान्ति पदयात्रा गर्न लागेको पनि उहाले टेलिभिजनलाई जानकारी गराउनुभयो । यसवर्ष सन २०२४ को शान्ति पदयात्रा व्यवस्थापनको नेतृत्व विश्व शान्ति बुद्दिष्ट फोरमले हलिं नेवा गुठीसंगको सहकार्यमा गरिने जनाइएको छ । हरेक वर्ष अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विभिन्न संघसंस्थाको व्यवस्थापनमा काठमाण्डौको स्वयम्भूबाट काभ्रेपलान्चोकको नमोबुद्ध नमोबुद्धसम्म तीनदिने “सांस्कृतिक शान्ति दीप पदयात्रा“ गर्दै आएको कार्यक्रम संयोजक विश्व उलकले बताउनुभयो । करिव ५७० ईसापूर्व सिद्धार्थ गौतम बुद्धले स्वयम्भू दर्शण तथा आफ्नो ३५०० वर्ष पूर्वको जन्मस्थल पनौती र मृत्यु पश्चातको स्थूल शरिर गाडिएको स्थान हिरण्य गन्धमान पर्वतसम्मको पदयात्रा गर्नु भएको स्थानलाई विश्वका पर्यटकहरु माझ जानकारी तथा यात्रा मार्गसंग सम्बन्धित कला र सांस्कृक्तिको परिचयलाई विश्व सामू फैलाई स्थानीय पर्यटन व्यावसाय प्रवर्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ । आनन्दकुटी बिहारको प्राङ्गणबाट सुरु भएर स्वयम्भू महाचैत्य परिक्रमा गरी भगवान पाउ हुँदै धर्मकीर्ति बिहार श्रीःघ, चावहिल, खास्ती, नगदेश बिहार, उत्तम मुनी महाविहार भक्तपुर, ध्यानाकुटी विहार बनेपा, नःम बुद्ध द्योछे पनौती हुँदै नःम बुद्ध मन्दिर नमो बुद्धसम्म पुगेर आश्विन ७ गते (२३ सेप्टेम्बर) सम्पन्न गर्ने जनाइएको छ । विश्व शान्ति र सद्भावको मूल्यमा योगदान दिन सहभागिताका लागि आयोजकले सवैसँंग अनुरोध गरेको छ ।

स्वयम्भूनाथदेखि नमो बुद्धसम्मको भावपूर्ण यात्रामा लाग्नुहोस्, आयोजकले भनेको छ, विभिन्न स्थानीय संघसंस्थाहरूसँगको सहकार्यमा सन् २०१७ देखि आयोजना गरेको वार्षिक तीनदिने कार्यक्रममा भाग लिन हामी अनुरोध गर्दछौं । यो अन्तर्राष्ट्रिय शान्ति दिवसको पूर्वसन्ध्यामा हुन्छ र भविष्यको “ग्लोबल कल्चरल पिस वाक“ को लागि मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको जनाइएको छ । पैदल यात्रा प्रतिष्ठित स्वयम्भूनाथ स्तुपाबाट सुरु हुन्छ र पवित्र नः मा (नमो) बुद्ध मन्दिरमा समापन हुन्छ । करिब ६००० वर्ष पुरानो राजकुमार महात्सवको समाधिस्थल मानिने नमो बुद्ध मन्दिरको ऐतिहासिक महत्व रहेको छ । राजकुमार महासत्वले आफूलाई भोको बाघ र तिनका नवजात शावकहरूलाई अर्पण गरेर, करुणा र निस्वार्थताको मूल्यहरू प्रदर्शन गरेर अन्तिम बलिदान दिएको इतिहास छ । एसियाका शान्ति र प्रकाशका आदरणीय प्रचारक, सिद्धार्थ गौतम बुद्धको पाइलालाई पछ्याउँदै राजकुमार महासत्वको प्रबुद्ध अभयारण्यतर्फ विविध सांस्कृतिक समुदायहरूमार्फत यात्रा गर्दै, प्रतीकात्मक पदयात्रामा सामेल हुन उत्सुकहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ । यसले सांस्कृतिक र भौगोलिक सीमाना पार गर्दै शान्ति, करुणा र एकताको सन्देश सिमानासम्म फैलाउने प्रयास गर्छ । कार्यक्रमको पार्टनर मिडिया सेभ द नेशन मिडिया रहेको र सेभ द नेशन मिडियाले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

Like