फेरि फुट्यो मेलम्चीको पाइप

Share to:

रासंसा/काठमाण्डौ फाल्गुण १९

काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फटेको छ। आझ (मंगलबार) बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो। यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ। थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खलिसकेको छैन।

Like