आज बढ्यो सुनको मूल्य
रासंसा/काठमाण्डौ, पौष ११,
मुलुकमा नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
Like